सैफ भन्छन्: मेरो पुर्वपत्नि अमृता सँग डिभोर्स भएपनि मैलै उनलाई करिनालाई भन्दा बढि माया गर्छु

मनोरंजन

एजेन्सी

अभिनेता  सैफले केहि  दिन पहिला एउटा अन्तरवार्तामा अमृता सिंहसँग आफ्नो डि-भोर्सको बारेमा बोलेका छन्। अन्तर्वार्तामा जब सैफलाई

तपाईले आफ्ना बच्चाहरूलाई आफ्नो सम्बन्धविच्छेद बारे कसरी बताउनु भएको छ ? भन्ने प्रश्न सोधिएको थियो तब उनले भने, यो

संसारकै नराम्रो चीज हो म अझै महशुस गर्छु। म चाहन्थे की म जे छु त्यो भन्दा फरक हुँ। त्यहाँ केही त्यस्ता कुराहरु छन् जसले मलाई शान्ति दिँदैन।

त्यस समयमा म मात्र २० वर्षको थिए। आज धेरै कुराहरु परिवर्तन भइरहेका छन्। हरेक मानिस आमाबुबासँगै बस्न चाहन्छन्। बच्चाहरुलाई सही

वातावरण प्रदान गर्न आवश्यक छ भन्छन् सैफ। सैफले आधुनिक परिवारको अवधारणामा बोल्दै भने कुनै पनि बच्चा आफ्नो परिवार वा

बाबुआमाबाट अलग हुनुहुदैन। यसले बच्चाहरूमा नकारात्मक प्रभाव पार्दछ। कहिलेकाहीं परिस्थिति असहज हुन्छ र अभिभावकसँगै नहुने अवस्था

सिर्जना हुन्छ। बच्चाहरुका लागि स्थिर घर र वातावरण हुन जरुरी छ। नागरिक दैनिकमा खबर छ । सैफले सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेका थिए।

उनीहरुको सन्तान सारा अली खान र इब्राहिम अली खान हुन्। भने उनीहरुले २००४ मा सम्बन्धविच्छेद गरेका थिए। यस्तै, २०१२ मा सैफले आफू भन्दा १० वर्षे कम उमेरकी करिना कपुरसँग विवाह गरे।