‘यिनै हुन् जसले सेयरमा घाटा खाँदा काठमाण्डौको घर नै घुमाए !’

समाचार

काठमाण्डौ

मिडियामा आएका समाचारका आधारमा सेयर बजारमा होमिएका लगानीकर्ताहरु प्रशस्तै भेटिन्छन् । लगानीको उपयुक्त माध्यम बनिरहेको सेयर बजारमा ११ वर्षअघि प्रवेश गरेका यस्तै

एक पात्र हुन्, भलाकाजी कटवाल । नेपाल आर्मीमा वारेन्ट अफिसरबाट रिटायर्ड भएपछि रेष्टुरेण्ट व्यवसाय सम्हाल्दै सेयरबजारमा समेत सक्रिय छन् । उच्च अध्ययनकै सिलसिलामा कट्वाल

२०४२ सालमा राजधानी छिरेका थिए । उनले आरआर क्याम्पसबाट राजनीति शास्त्रमा स्नानतकोत्तर गरेका छन् । २०५४ सालताका नेपाल प्रेस इन्स्च्यिुटमा भर्ना भई १ वर्ष त्यहाँ अध्ययन गरे ।

२०५५ सालमा नेपाल आर्मीमा वारेन्ट अफिसरका रुपमा पत्रकारिताकै जागिरे बने । त्यहाँ उनले आर्मीसम्बन्धी जर्नल, म्यागेजिन लगायतमा लेख लेख्नुपथ्र्यो । सेयर बजारमा भने कटवालको प्रवेश

२०५९ सालबाट भयो । पत्रपत्रिकामा आएका समाचारकै आधारमा ख्यालख्यालमै पूँजीबजार छिरेका उनले पहिलो आइपीओ भरेको कम्पनीको नाम बिर्से पनि ३० कित्ता हात पारेको

सम्झन्छन् । त्यतिबेला थोरै पैसा हालेमा कम कित्ता आइपीओ पर्ने गरेको उनले स्मरण गरे । चारघण्टासम्म लाइन बसेर आइपीओ भरेको थिएँ ।’ कटवालले बिजशालासँग भने–‘कुनै दिन त दिनभरिमा

पनि भर्न नपाएर भोलिपल्ट समेत आइपीओ हालेको याद छ ।’ दोस्रो बजारमा भने उनी २०६५ सालतिर छिरेका रहेछन् । सेयर बजारसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, वारेन्ट बफेटका पुस्तक

स्वअध्ययन गरी बजारबारे जानकारी लिएको अनुभव कटवालले हामीसँग सुनाए । त्यसबेलाको ब्लूचिप कम्पनी चिलिमे हाइड्रोपावरको ५ सय कित्ता प्रतिकित्ता रु १७ सयमा खरिद गरेर दोस्रो बजारको स्वाद

हासिल गर्दैगर्दा सोही सेयर पछि २५ सयमा उनले बिक्री गरे । तलबको केही अंश बचतलाई सेयर बजारमा खन्याएका कटवाल सेनाबाट बिदेश जाँदा पाएको ३ लाख र भत्ता २ लाखबाट दोस्रोबजारमा

आफ्नो पोर्टफोलियो बढाउन भ्याए । केही लाख लगानीलाई सेयर बजारमा खन्याउँदै जाँदा रु.४ करोडसम्म आफ्नो पोर्टफोलियो पुगेको उनी सम्झन्छन् । तर हाल नेप्से इण्डेक्सको गिरावटमा उनको

पोर्टफोलियो आकार घटेर रु. १ करोड ६५ लाखमा सीमित बन्न पुगेको छ । लाखलाई करोडमा परिणत गर्न सफल भएका कटवालले चावहिलमा घरजग्गासमेत जोड्न भ्याए । पछि सो घर उनले व्यक्तिगत

तथा सेयरकै कारणले बेचे । शिखर इन्स्योरेन्स कम्पनीको सेयर रु. १८ सय प्रतिकित्तामा खरिद गरेर रु.३९ सयसम्म बेच्नसमेत सकेका उनले सेयरमा कहिले पनि घाटा खानु नपरेको दाबी गरे ।

‘म दीर्घकालीन लगानीकर्ता हुँ।’ उनी भन्छन्–‘प्रतिफलमा आधारित भएर विभिन्न कम्पनीमा लगानी गर्दै आएको छु । सेयर बजार चक्र हो, कहिले बढ्ने कहिले घट्ने त भइहाल्छ नि।’ उनले सेयर बजारमा

ठूला लगानीकर्ता र सेयर ब्रोकरहरुको चलखेल हुने गरेको आरोप लगाए । विश्वमा ८–१० वर्ष र नेपालमा भने ५–६ वर्षमा बूल र वियरिस ट्रेण्ड आउने कटवालको ठम्याइँ छ । कम्पनीको इपीएस र पीइ रेसियोको

मूल्याङ्कन गरी सेयरमा लगानी गर्दा चनाखो हुनुपर्ने उनको अनुभव छ । रेष्टुरेण्ट व्यवसाय र कलेजमा पत्रकारिताको एउटा कक्षा समेत लिइरहेका कटवाल सेयर बजारको उत्तारचढावलाई सामान्य लिनुपर्ने

धारणा राख्छन् । ‘उत्तारचढाव नियमित प्रक्रिया हो । कम्पनीको मालिक, व्यवस्थापन, इपीएस, पीई रेसियो लगायतका महत्वपूर्ण पक्षलाई केलाएर मात्र लगानी निर्णयमा पुग्नुपर्छ ।’ उनले थपे । सरकारी

प्राथमिकता र चासो हाल पूँजीबजारमा खट्किएको विषय भएको उल्लेख गर्दै कटवाल पोर्टफोलियो घटेकोमा केही दुःख लागे पनि अहिलेको अवस्था सेयर बजारमा क्र्याश भएको जिकिर गर्छन् । ‘बजार घटेकाले

पीडित छु, यद्यपि बुलिस ट्रेण्डमै जान्छ भन्ने आशा छ।’उनले भने । नेप्से घट्दा किन्नुपर्छ भने बढ्दा बेच्नुपर्छ तर नेपालमा ठ्याक्कै उल्टो हुन्छ । उनले जथाभावी सेयर किन्ने प्रवृत्तिले नै मान्छे डुबेको ठोकुवै गरे ।

‘बुलमा मैले पनि प्रायः सेयर बेचेँ, तर २२०० पुग्ने लोभका कारण धेरै सेयर बेच्न सकिँन र नसकिने पनि रहेछ।’कटवालले भने–‘बजार बढिरहँदा लोभकै कारण फस्ने जोखिमका बारेमा विचार पुर्याउनुपर्ने रहेछ ।

यो नै मैले सिकेको ठूलो पाठ हो ।’ खरिद गरिएको मूल्य बढे बेचेर नाफा बूक गर्नुपर्ने पाठ सिकेका कटवाल भन्छन्–‘धेरै लोभी बने डूबिने रहेछ ।’ बजार बूल हुँदा उनको पोर्टफोलियोमा इन्स्योरेन्स र

लघुवित्तका सेयरहरु थुपारेका रहेछन्, तर कम उत्तारचढाव हुने बैंकका सेयरमा उनले पोर्टफोलियो परिवर्तन गरेका कारण सुरक्षित नै भएको महसुस गरेका रहेछन् । ‘मूल्यमा गिरावट भयो, तर

सेयरको मात्रा बढेकाले बचेजस्तो लाग्छ।’उनले लामो सुस्केरा हाल्दै बोले–‘कताकता फ्रस्टेड पनि छु ।’ बिदेशमा रहेका नेपालीहरुलाई पनि सेयर किन्न अनुरोध गर्दै सरकारले ७७ जिल्लाबाट

बैंकका शाखामार्फत नै सेयर कारोबारको व्यवस्था मिलाए सेयर बजारले छलाङ मार्ने दाबी समेत गरे । ‘बजारमा इन्स्योरेन्सको सेयर थोरै छ भनेर लगानीकर्ताले होडबाजीमा किन्ने प्रचलन छ, जुन

सरासर गलत हो।’ कटवाल सुझाउँछन्–‘मूल्यका आधारमा हैन कमाइका आधारमा सेयर किन्नु बुद्धिमानी ठहर्छ ।’ लगानीकर्ताका संघसंगठनका नेताहरुले नयाँ लगानीकर्ता भित्र्याउन र सरकारलाई

घच्घच्याउन आवश्यक रहेको जिकिर गरेका कटवाल संगठनका नेताको बिल्लाकै आधारमा थर्काउने अनि सूचना चुहावट गरेर आफैं धनी बन्ने चलन गलत भएको जिकिर समेत गरे ।

नियामक निकाय जिम्मेवार नबनिदिँदा र राजनीति घुस्दा पूँजीबजार विकास र विस्तार हुन नसकेको कटवालको बुझाइ छ । नेप्से र सेबोनका अधिकारीहरुले पूँजीबजारको विकास र विस्तारमा

ध्यान केन्द्रित गर्न नसकिरहेका उनी दाबी गर्छन । पूँजीबजारसँग सम्बन्धित नीति निर्देशनमा लापरवाही भइरहेको दाबी गर्दै कटवालले विज्ञको सुझाव नै नलिने परिपाटीले समेत गाँजेको बताए ।

‘नीतिनिर्देशनका फाइदाबेफाइदा बारे अग्रिम आंकलन नगरिदा नेप्से र सेबोनका अधिकारीहरुले अनपढ गवारझैं काम गरेको अनुभूति हुन्छ।’कटवालले भने –‘सबैले आ–आफ्नो तप्का र

क्षेत्रबाट सकारात्मक पहल र भूमिका खेले पूँजी बजारको भविष्य उज्यालो छ।’ नेप्सेको अनलाइन प्रणाली फूलफेजमा सञ्चालन हुनुपर्ने, एनआरएनएलाई बजार प्रवेश गराउनुपर्ने र ब्रोकर

कमिसन घटाई सरकारले पनि पूँजीबजारलाई प्राथमिकतामा राख्नुपर्नेमा कटवालले जोड दिए । सफल लगानीकर्ता बन्न धैर्यताको जरुरत पर्ने विचार राख्दै अहिले नवप्रवेशी लगानीकर्ताहरुका लागि

बजार प्रवेश गर्ने मौका रहेको र राम्रा कम्पनीका सेयरबाट कमाउन सकिने कटवालले दाबी गरे । ‘अब बजार बुलिस हुने प्रष्ट संकेत देखिएको छ।’ कुराकानीको बिट मार्दै उनले भने ।

यो पनि पढ्नुहोस;-नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेटवार्ता गरेकी छन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर नेपाली खाना चिनाउन लागि परेको

भन्दै बधाई दिएकी हुन् । उनले सामाजिक सञ्जाल ट्वी’टरमा लेखेकी छन्, ‘सेफ सन्तोष साहसँग आज निकै रमाइलो कुराकानी भयो, नेपाली खानालाई बेलायत र विश्वभर प्रसिद्ध पार्ने

उनको योजनाहरू सुनेर धेरै खुशी छु, बेलायती दूतावासको तर्फ बाट वहालाई शुभकामना छ।’साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता हुन्‌। उनले विश्व मञ्चमा नेपाल र

नेपाली खाना चिनाउन सफल भएका थिए। सिराहाको कर्जन्हामा जन्मेका साह गत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनी १० वर्षदेखि बेलायतमै काम गरिरहेका छन्। सन्तोष आफ्नो

संघर्षलाई उनी शक्ति मान्छन्। ‘म कुन पृष्ठभूमिबाट आएको हुँ, त्यो मलाई थाहा हुनुपर्छ। किनकि अहिलेसम्म पनि त्यो अवस्था छ। जो यो अवस्थामा छन्, उनीहरुलाई प्रेरणा दिनुपर्छ,’ उनी भन्छन्,

‘मलाई सबै स्मरण छ। भारतमा मैले क्याटरिङ म्यानेजमेन्ट, अंग्रेजी अनि कम्प्युटर सिकेँ, सिक्ने क्रम अझै जारी छ ।’ प्रतियोगिता समय अवधिभर उनले नेपालका झण्डै ५० थरीका परिकारलाई पेश

गरे जुन परिकारले नेपालको जातिय विविधतालाई पनि प्रस्तुत गर्दथ्यो। ‘कतिपय परिकारको बारेमा त मलाई थाहासम्म थिएन,’ उनले भने, ‘मैले पहिला पनि धेरै पाक प्रतियोगितामा सहभागिता

जनाएको थिएँ। मास्टरसेफमा जान ५ वर्षदेखि मेरो तयारी थियो तर हरेक वर्ष कार्यक्रमको तह बढ्दै गएपछि मैले नयाँ केही गरौँ भनेर नेपाली खाना प्रस्तुत गरेँ।’ जिम्बु, भैसीको मा’सु, योमरी लगायत

धेरै खानेकुरा उनको लागि नयाँ थियो। नेपाली परिकारको बारेमा उनले जान कारी पाउनेबित्तिकै घरमा अभ्यास गर्थे। साथीहरुसँग सल्लाह गर्थे। भारतीय खानाका विज्ञ उनलाई लाग्छ, ‘भारतीय

खानालाई प्रस्तुत गरेको भए यति अगाडि पुग्ने थिइनँ।’ प्रतियोगितामा सहभागी भएदेखि नै उनले आफ्नो राष्ट्रियताको सम्मान गरे। नेपाली खानालाई पस्किएका उनले फाइनलमा ढाका टोपी

लगाउनलाई अड्डी कसे । उनलाई नेपाली पहिरन र टोपीको सम्मानलाई पनि उँचो बनाउनु थियो। फाइनलमा पुगेपछि ‘आफ्नो मात्र हैन, देशको सवाल छ’ भन्ने अनुभूत गरे । त्यसैले सन्तोषले

टोपी लगाउन नदिए कार्यक्रमभन्दा बाहिर बस्ने अडान लिए। ‘मास्टरसेफको कार्यक्रममा कुनै ब्राण्डलाई प्रमोट गर्न नपाइने नियम छ । सुरुमा उनीहरुलाई लाग्यो होला टोपी केही ब्राण्डको

प्रोमोसन हो तर जब उनीहरुले बुझे तब अनुमति पाएँ,’ साह सम्झन्छन्, ‘हामी नेपाली हो नि त ! झण्डाको कुरामा, मातृत्वको कुरामा भावना जहिले पनि अगाडि आउँछ। अहिले जे पाएँ, त्यसमा खोट

लगाउने ठाउँ रहेन। यो गर्न पाइएन, त्यो गर्न पाइएन भनेर भन्नु परेन नि!’ पाउरोटी बेचेर ५० रुपैयाँ कमाउँदा उनलाई जुन सन्तुष्टि मिल्थ्यो, सेफको व्यवस्थापकीय प्रमुख हुँदा पनि त्यही सन्तुष्टि

भयो। उनमा अगाडि बढ्ने मोह र काम प्रतिको उत्सुकता कायमै रहँदा आफ्नो क्षेत्रमा नयाँ नयाँ के हुन सक्छ त्यो प्रयोग गरि रहे। मास्टरसेफको फाइनलमा पुगेर उनको प्रसिद्धि चुलिएको छ।