अटोवाली! संसारकै महान आमा : अटो चलाएर दुई सन्तान डाक्टर बनाईन्

समाज

काठमाडौ

संसारकै महान, योद्धा, विजेता, सम्माननीय जति शब्द पुकारेपनि आमा–बाबुका लागि अपुरो नै हुन्छ । जन्मदिनु मात्र हैन । हुर्काएर योग्य बन्ने

बाटोसम्म पुर्याउनु सामान्य चीज हैन । तपाईलाई कहिलेकाही लाग्छ होला मेरो लागि त मेरा आमा बाबुको खासै योगदान छैन म आफै सक्ने भएपछि

संघर्ष गर्दै यहाँ आइपुगे । त्यो सोच छ भने तपाई मुर्ख हुनुहुन्छ । किनकी तपाईले सोच्नु भएन की आफै सक्ने चाही कसले बनायो ? यो धर्तीमा

आउँने सौभाग्य कसले दियो ? भलै कसैका लागि निक्कै ठूलो योगदान बाबु आमाले दिएको जस्तो देखिएला तर उहाँहरुको सामथ्र्य र हिम्मतका

आधारमा सबै बाबा आमाले आफ्ना सबै सन्तानलाई समान गरेका हुन् । त्यही भीडमा आज हामी एक यस्तो महान आमाको बारेमा जानकारी

दिँदैछौ । जो जीवनकालको ४२ औँ वर्षमापनि अटो चलाइरहनुभएको छ । आफ्नी साथी, संगी कोही बढ्यौलीले त कोही रोगले थलिइसके । तर

कञ्चनपुरकी महान आमा गोमा (डगौरा) चौधरीको अझैपनि फुर्ति फार्ती उही छ । बिहान देखि साँझसम्म ओटो कुदाई रहनुभएको

भेटिनुहुन्छ । जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उहाँको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर

चौधरीसँग विवाह भयो त्यसपछि उहाँमाथी झनै संघर्षका दिनहरु थपिन थाले । कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने पो हो की भन्ने

निराशाले उहाँको परिवारलाईपनि सतायो । केही बर्षपछि एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्ता थपिन

थाल्यो । खासै पढ्ने अवशर नपाउनुभएको उहाँलाई आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने सपना जाग्न थाल्यो ।

कुन आमाको चाहना हुन्न र आफ्ना सन्तान सर्वोत्कृष्ट बनुन् । उहाँलाईपनि त्यही महत्वकांक्षाले हुटहुटी बढायो । तर अब उहाँले जीवनको सुरुवाती

एकदमै सामान्य अर्थात शुन्य विन्दुबाट सुरु गर्नु पर्यो । उहाँले भविष्यको उडान साइकलबाट सुरु गर्नुभयो । साइकलमा मालसामान बोक्दै उहाँले १५

वर्ष विताएको पत्तै भएन । उक्त अवधिमा दुई सन्तानकी आमा समेत बनिसकेपछि उहाँलाई अब यो यात्राबाट मात्रपनि आफुले देखेको सपना पुरा

नहुने लाग्छ । उहाँ साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उहाँका श्रीमानले सामान्य पसल थाप्न सक्ने बन्नुभयो । पसलको

कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा भर्ना गर्नुभयो । आफुले

देखेको सपना भविष्यको योजना बारीमा भर्खर बिरुवा बन्न टुसाउदै गरेको बीउ जस्तै सरिता देखिन थालिन् । आमालाई झनै काममा फूर्ती बढ्न थाल्यो ।

सरिताले प्रवेशिका परीक्षा बालजागृती बाटै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरिन् । छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा

आफ्नो भविष्यको खाका कोरिरहेका थिए । दुई सन्तानको अध्ययनको सिलसिला जारीरहेपछि उहाँले साइकल बाट अब मोटरसाइकलमा समेत

मालसामान बोक्न सुरु गर्नुभयो । मोफसलमा मोटरसाईकल चलाउँने आमाको रुपमा आफ्नो परिचय बदल्नुभयो । उहाँको मोटरसाईकल

हकाईले जीवनको यात्राको उडान अलिक तिब्र बन्यो । कमाइको बचत बाट उहाँले ६ वर्ष पहिले एउटा अटो रिक्सा पनि खरिद गर्न सक्नुभयो ।

उहाँले आफ्नो योजनालाई साकार पार्नका लागि जीवनको उडानलाई झनै तिव्र गतिमा लैजान अब अटोको साहारा लिने निर्णय गर्नुभयो । दुई

सन्तानको भविष्य उज्ज्वलको कामना सहित उहाँ निरन्तर काममा खटिन थाल्नुभयो । लगत्तै छोरी सरिताले स्टाफ नर्स कोर्स पुरा गर्न सफल भइन् ।

उनले लोकसेवा मार्फत अनमीमा नाम समेत निकालिन्। छोरी बाजुरा स्थित बाजुरा स्वास्थ्य चौकीमा सरकारी जागिरे भएकी छिन् । अब

आमाका दिन आउन थालिसकेका छन् । यता छोरा सन्तोष चौधरी भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा एमबिबिएस (डाक्टर) अध्ययनरत छन् ।

उहाँलाई आशा छ अब उहाँको सपना चाँडै नै पुरा हुँदैछ । जीवनको सान्दर्भिकता अँगाल्दै उहाँले आफ्नो जीवन सरह सन्तानले पनि कष्ट झेल्न

नपरोष भन्ने चाहनाले अझै केही वर्ष अटो रिक्सा चलाउने हिम्मत राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘काम सानो ठुलो हुँदैन, आफुले उच्च शिक्षा हासिल गर्न

नपाउँदा सन्तान पनि वञ्चित नहोउन् भन्नका लागि मैले विभिन्न संघर्ष गर्ने आँट गरे । साईकल, बाईक हुँदै अब अटो चलाउने पेसामा रमाइरहेकी छु ।’

अटो रिक्सा बाट मासिक ४०–५० हजार कमाइ हुने गरेकाले आफुले देखेको सपना यो यात्राबाट अवश्य पूरा हुने उहाँको मनमा छ । अटोबाटै

सन्तानलाई उच्चशिक्षा देखी जागिरे बनाउने सपना छिट्टै सकार हुनेमा म आशावादी छु भन्दा हामी समेत हर्षविभोर भयौँ । उहाँ महान आमालाई ह्दयदेखि सल्यूट । उहाँलाई अझै तिव्र सफलताको शुभकामना !!!