भिडियो

सधै हसिलो मुहारकी कमला घिमिरे , किन भावुक बनिन् दशैंको दिनमा (हेर्नुस् भिडियो सहित )

काठमाडौं / नेपालीहरुको महान पर्व दशैको आज टीका अर्थात मुख्य दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् ।

यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने कोही काममै ब्यस्त रहे ।

त्यस्तै दोहोरी गीत गाएर छोटो समयमै चर्चामा आएकि धादिङकि ११ बर्षिया कमला घिमिरेले पनि यस्पालीको दशैं गतसालहरु भन्दा रमाइलो गरि मनाएको बताएकी छिन् ।

सानै उमेरमा अब्बल दोहोरी गाउन र सवालको जवाफ फर्काउन सक्ने अद्भुत कलाको धनी कमला घिमिरे चाडै नै सांगीतिक कार्यक्रमको लागि विदेश जाने कुराको पनि सामाजिक सञ्जालमा निकै नै चर्चा चलेको छ ।

पछिल्लो समय उनी दशैं विशेष कार्यक्रम र महोत्सवहरुमा दोहोरी गाउन ब्यस्त छिन्, रातारात चर्चामा आएकी कमलाको पारिवारिक बाताबरण भने निकै नै नाजुक अवस्थामा रहेको छ।

भिडियोमा हेर्नुहोस् कमला घिमिरेको बडा दशैं :

Related Articles

Back to top button
Close