त्रिशूलीमा ख’स्यो सिमेन्ट बोकेको ट्रक,

समाचार

काठमाडौं

त्रिशूलीमा ट्रक ख’स्दा दुई ज’नाको मृ’त्यु भएको छ।मंगलबार बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका-१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खसेको थियो।

इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेका अनुसार रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खसेको हो।

ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन स’ञ्जेलको मृ’त्यु भएको इन्स्पेक्टर पाण्डेले बताए।पाण्डेका अनुसार उनीहरूको ट्रककै क्याबिनमा थि’चिए’र मृ’त्यु भएको हो।

क्याबिनमा च्या’पिए’का उनीहरूको श’व प्रहरीले ती’न घण्टा लगाएर निकालेको थियो।पोस्टमार्टमको लागि दुबैको श’व प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ। घ’ट’ना के कसरी भएको भन्ने अ’नुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताए।