करोडौ लगानीमा निर्माण गरिएको धनगढीको फर्निचर उद्योगमा उद्घाटन नहुँदै क्षणभरमै बन्यो खरानी

समाचार

कैलाली

कैलालीको धनगढीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योगमा आगलागी हुँदा ठुलो क्षति भएको छ । उद्घाटनको तयारीमा रहेको सो आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार दिउँसो करिब १२ बजे अचानक भएको आ’गला’गीले ध्वस्त बनेको छ।

भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको शो रुमसहितको सो उद्योगमा आगलागी भएको उद्योगका सञ्चालकका आफन्त विमल बोहराले बताए।उनका अनुसार सो उद्योगलाई फागुन महिनाभित्रै उद्घाटनको तयारी थालिएको थियो।

तर तयारीकै क्रममा भएको आ’ग’लागीले न’ष्ट भएको छ। हालसम्म ३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी थपिसक्ने अनुमान सञ्चालकहरुको थियो। उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपुर्ति गर्ने गृहकार्य थालेका थिए।

सो उद्योगको अगाडिको भागमा शो रुम र पछाडिको भागमा उद्योग बनाइएको थियो। जहाँ हालसम्म २०/२२ जना कामदार कार्यरत थिए। उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आ’गला’गी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बोहरा बताउँछन्।

करिब २० करोडको लगानीमा सञ्चालन हुन लागेको आलोक फर्निचर उद्योग जलेर न ष्ट भएको हो । उद्घाटनको तयारीमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आज मध्यान्ह अचानक आ’ग’ला’गी भएको थियो। उद्योगमा वेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सञ्चालक आरिफ अहमद राईले आफ्नो ठुलो नोक्सानी भएको बताउनुभयो । फागुन महिनाभित्रै उद्घाटनको तयारी गरिएको उद्योगमा २२ जना कामदार कार्यरत थिए । झण्डै २ घण्टापछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, र चारवटा दमकलले नियन्त्रणमा लिएका थिए ।