८ वर्षका बालकलाई गोहीले निल्यो, पेट चिरेर बाहिर निकालियो

समाज

काठमाडौं

८ वर्षका एक बालकलाई गोहीले निलेपछि उक्त गोहीको पेट चिरेर बालकको शरीर बाहिर निकालिएको छ । इण्डोनेसियामा भएको यो घटनामा बालकलाई निल्ने गोहीलाई समातेर उसको पेट चिरेर बालकको शवलाई बाहिर निकालिएको हो ।

द सनको रिपोर्टअनुसार मृत बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग माछा मार्न गएका थिए । यही क्रममा यो घटना भएको हो । अचानक गोही पानीबाट बाहिर आयो र बच्चालाई तानेर पानीभित्र लिएर गयो । इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घटना भएको रिपोर्टमा जनाइएको छ ।

आफ्नो छोरालाई गोहीले तानेर लिएर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई बचाउने प्रयास गरेका थिए । उनले गोहीको पिछा गरेका थिए । पौडिँदै गोहीको नजिकै गएर उनले गोहीलाई मुक्काले हानेर छोरालाई बचाउने प्रयास गरेका थिए तर उनी असफल भए ।

घटनाको भोलिपल्ट गोहीलाई समातिएको थियो । गोहीलाई समातेपछि उसको पेट चिरेर बच्चाको शव बाहिर निकालिएको थियो । यसको केही हप्ता पहिले पनि इण्डोनेसियामा एक बालकलाई गोहीले मारेको थियो जसको शव अहिलेसम्म बरामद हुन सकेको छैन ।

यो पनि पद्नुहोस;- भारतको उत्तर प्रदेश राज्यबाट एक दुःखद खबर बाहिर आएको छ । त्यहाँ आफ्नी छोरीमाथि गरिएको दु’र्व्यवहा’रको उ’जुरी दर्ता गर्ने बुबालाई सोमबार उत्तर प्रदेशको हाथरसको नौजपुर गा’उँमा सि’ध्या’इएको हो l
भनिन्छ कि आरोपित गौरव शर्माले उनीहरूलाई दु’र्व्यवहार’को मु’द्दा फि’र्ता लिन दवाव दिएका थिए ।

मृतककी छोरीले ६ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । ती मध्ये एक जना पक्राउ पनि परिसकेका छन् । पीडित परिवारको आरोप छ कि गौरव नम्बर एक ख’तरना’क व्य’क्ति हो र एसपीसँग सम्बन्ध रहेको छ ।

पीडित परिवारले सबै आरोपितहरुलाई पक्राउ नगरे सम्म अ’न्तिम सं’स्कार नगर्न भनेको थियो । तर परिवारको कुरामा प्रहरी सहमत भएपछि अन्तिम संस्कार गरिएको छ । बुबाको अर्थीलाई छो’रीले पनि बाँ’ध दिए’को दैनिक भा’स्करले जानकारी दिएको छ ।

उक्त भावुक दृश्य देखेर, त्यहाँ उपस्थित सबैको आँखा रसायो । ५२ वर्षीय अमरीश शर्माको परिवार आरोपितसँगै गएको थियो र आरोपितको परिवार आरोपित गौरवसँगै रहेको कुरा प्रहरीलाई बताइएको छ ।

सोमबार अमरीशकी छोरी र गौरवकी श्रीमती पूजा गर्न गाउँको मन्दिर गएका थिए । उनीहरू झ’गडा’मा फ’सेको प’नि ब’ताइएको छ । बेलुका अमरीश आफ्नो खेतमा आलु खन्दै थिए । उनकी श्रीमती खेतमा छोरीसँगै खाना लिएर आएकी थिइन् ।

यसैबीच गौरवले आफ्ना तीन साथीहरूसँग त्यहाँ पुगेर गो’लाबा’री सु’रु ग’रेको भनिएको छ । गो’ला’बा’रीपछि अमरीशलाई उपचारका लागि हाथरस लगिएको थियो, डाक्टरहरूले उनलाई मृत घोषित गरेका हुन् । एसपी विनीत जायसवालका अनुसार २०१८ मा दु’व्र्य’वहा’रको मु’द्दा दर्ता गरिएको थियो ।

अमरीशले १६ जुलाई २०१८ मा गाउँकै गौरवविरुद्ध मुद्दा दर्ता गराएका थिए । उक्त घटनामा गौरव १५ दिन कारागार पनि गएका थिए । जमानतमा बाहिर आएपछि उनले अमरीशलाई मुद्दा फिर्ता लिन द’वा’व दि’दैँ आएको भनिएको छ ।