उ’द्धघाटन हुन नपाउँदै ख’रानी भयो करोडौको सम्पति

समाज

धनगढी

धनगढी उप-महानगरपालिकाको वडा नम्बर ४ च’टकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि. मा आ’गलागी भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नो’क्सान भएको आ’कलन गरिएको छ ।

भने आ’गलागी नियन्त्रणमा प्रहरी, नेपाली सेना लगायतका शु’रक्षा निकाय हरु प्रयासरत छन् ।अहिलेसम्म आ’गलागी नियन्त्रणमा आउन सकेको छैन। उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक फर्निचर उद्योग र शोरुममा आ’गलागी भएको हो।

उद्घाटन समेत भै नसकेको फर्निचर उद्योगमा आ’गलागी भएको हो । आ’गलाागी बाट उक्त फर्निचर उद्योगमा लगभग ५ करोड बराबरको सामान रहेको आलोक मल्टी कन्सर्न प्रालिले जनाएको छ।विस्तृत विवरण आइरहेको जनाइएको छ।

सीपी अस्पताल नजिक रहेको फर्निचर उद्योगमा आ’गो लागेको हो । त्यसको नजिक आयल निगमसमेत रहेको छ । आ’गलागी भएको स्थान आसपासमा ट्याङ्करसमेत राखिएका छन् ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी, स्थानीयवासी लगायतद्वारा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।यसैगरी, सो आगो नियन्त्रणका लागि नेपाल आयल निगमले भ’ण्डारन गरेर राखेको पानी पनि प्रयोग गरिएको छ ।

आ’गलागी के कारणले भएको हो भन्ने अझै खुलेको छैन । आगलागीबाट फर्निचर उद्योगमा भएका सामान ज’लेर न’ष्ट भएको छ । ठूलो क्षति भएको बताइएको छ ।