कतारका लागि उडेको विमानमा बिरालोले पाइलटलाई आ’क्रमण गरेपछि….यस्तो गरियो ….

समाचार

काठमाडौं

उडिरहेको विमानमा बिरालोले पाइलटलाई आ क्र मण गरेपछि विमानको आ क स्मिक अवतरण गर्नुपरेको छ । जानकारीअनुसार विमान उडिसक्दा त्यो बिरालो ककपिटमै थियो । बिरालोले अनियन्त्रित भएर पाइलटमाथि नै आ क्र मण गरेपछि वि मा नको आकस्मिक अवतरण गराउनुपरेको हो ।

सुडानको राजधानी खार्तुमबाट उडेको विमान कतारको दोहा जाँदै थियो । तर बि’रा’लोले आ क्र’मण गरेपछि पाइलटले सुडानको राजधानी शहर खार्तुम नै फर्कने निर्णय गरे । स्थानीय मिडिया रिपोर्टहरूमा जनाइएअनुसार उक्त जनावर ‘आ’क्रा’मक र रिसाहा’ थियो र विमान उड्नुभन्दा पहिले कुनै तरिकाले विमानभित्र पसेको अनुमान गरिएको छ ।

स्थानीय अखबार अल सुडानीलाई उद्धृत गर्दै मेट्रोले जनाएअनुसार बिरालोलाई शान्त राख्न कैयौं प्रयास गरिएको थियो तर बिरालोले त्यसको प्रतिरोध गरिरह्यो र पाइलटलाई नै आ’क्रमण गर्यो । यो सुडानी टार्को उडान गत बुधबार खारतुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र घटना हुँदासम्म करिब ३० मिनेटसम्म हावामा उडिसकेको थियो ।

विमानभित्र आतंकको स्थिति भएपछि अन्ततः पाइलटले विमान फर्काउने निर्णय गर्नुपर्यो । विमानको सरसफाइको क्रममा वा विमानको इन्जिनियरिङको जाँचको क्रममा बिरालो विमानभित्र पसेको र बिरालो पस्दै गरेको कसैले नदेखेको अनुमान गरिएको छ यद्यपि यो कुराको पुष्टि हुन सकेको छैन । विमानलाई अघिल्लो रात विमानस्थलको ह्याङगरमा पार्क गरेर राखिएको बताइएको छ ।