समाचार

जापानमा राती खाना खाएर श्रीमानसँगै सुतेकी गुल्मीकी एक महिला बिहान मृ*त फेला

टोकियो, अगस्त १७ । जापानमा गुल्मीकी एक महिला मृ*त भेटिएकी छिन् । आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी ति महिला शुक्रबार बिहान मृ*त भेटिएको प्रहरीले जनाएको छ ।जिल्लाको चन्द्रकोट वार्ड नं १ दिब्रुङ माईती तथा मुसिकोट नगरपालिका वार्ड नं ६ कुर्घा स्थायी घर भई टोकियोस्थित किता कु ईताबासिमा अन्दाजी २९ वर्षीया महिला मृ*त फेला परेकाे जनाइएकाे छ । बेलुका श्रीमानसँगै सुतेकी ति महिलालाई बिहान एम्बुलेन्समा अस्पताल पुर्याईएको थियो ।

अस्पतालले करिब ६ घण्टा पहिले नै उनको मृ*त्‍यु भएको जानकारी दिएको थियो ।मृ*तक महिलाको श्रीमानलाई नियन्त्रणमा लिई स्थानिय प्रहरीले घ*टनाको अनुसन्धान थालेको छ ।मृतक रायमाझी श्रीमानको ’डिपेन्डेन्ट’ भिसामा जापानमा बस्दै आएको बुझिएको छ।घ*टनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Related Articles

Back to top button
Close