दीपिकाका बडिगार्डको आँखा छलेर उनको पर्स चोर्न लागेकी महिलाको भयो यसरी रा मधु लाइ

मनोरंजन

एजेन्सी

भारतीय लोकप्रिय नायिका दीपिका पादुकोण विबाहपछि कम मात्रामा मात्रै मिडियामा देखिन थालेकी छिन् । फ्यानसँग निकै कम मात्रामा देखिँदै आएकी दििपकाले हालै फ्यानसँग नजिकै गएर समेत अन्तर्क्रिया गर्ने गरिन् ।

सा क्रममा एक महिलाले टिश्यु बेच्ने बहानाले दीपिकाको पर्स तान्ने कोसिस गरेकी छिन् । जुन भिडियो समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

दीपिकाले ति महिलाले गरेको यो अशोभनिय कामको खुलेर विरोध गरेकी छिन् । भिडियोमा मुम्बईको खारस्थित एक रेस्टुरेन्टमा देखिएकी दीपिकालाई फ्यानले घेरे लगत्तै

गाडीमा बस्ने लागेकी दीपिकाको अचानक पर्स तान्न खोजीएको छ । यद्यपि ति महिलाले पर्स तान्न सकिनन् र दीपिकाको बडिगार्डले त्यहाँको अवस्था सम्हाल्न सफल भएको भिडियोमा

देखिन्छ । फिल्म ‘८३’ मार्फत पर्दामा देखिन लागेकी दीपिकाका साथमा रणवीर भारतीय क्रिकेट टीमका पूर्वकप्तान कपिल देवको भूमिकामा छन् । जुन चलचित्रलाई प्रतिक्षित मानिएको छ । भिडियो अन्त्यमा रखिएको छ।

यो पनि पद्नुहोस;- नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहजिल्लामा विभिन्न पुल उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी हुन आएका छन्। यति एयरलायन्सको पहिलो उडानबाट

झापा आएका प्रधानमन्त्री ओलीलाई भद्रपुर विमानस्थलमा प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं. ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक

पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, सांसद्हरु, नेकपाका केन्द्रीय नेताहरु लगायतकाले स्वागत गरेका छन्प्र धानमन्त्री ओलीले आइतबार कमल गाउँपालिकाको

तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुल, दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन गर्नेछन्। आजै मध्यान्हमा बहुचर्चित नेपाल

चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम छ। त्यसपश्चात् ओलीले इलामको चुलाचुली जोड्ने पुल उद्घाटन गर्नेछन्। दमकको बेलडाँगी र इलामको बुकुवाबीचको

रतुवा खोलाको पुल पनि प्रधानमन्त्रीले आजै शिलान्यास गर्दै छन्। दिउँसो करिब ४ बजे प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गमा जोडिने ३१ वटा पुलको शिलान्यास पनि एकैपटक

गर्ने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए। प्रधानमन्त्री आज साँझै काठमाडौं फर्कने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए।

भिडियो हेर्नुहोस:-