माफि नमागे ,पल शाहका कुनैपनि चलचित्र प्रदेश १ मा चल्नै नदिने चेतावनी (भिडियो हेर्नुस्)

समाचार

अभिनेता पल साहका मेनेजरबाट कु'टि'ए'का नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ का अध्यक्ष अरुण प्रधानले लिखितरुपमा मा'फी माग्नु पर्ने बताएका छन् ।

प्रधानले घ'ट'ना भएको होटल धरान १० स्थित ज्वाँई खानामा आज पत्रकार सम्मेलन गर्दै आफुबाट कुनै ग'ल्ती न'भए'को तर शाहका मेनेजरले खाना खाइरहेको बेला एक्कासी आ'क्र'म'ण गरेको बतााए । ‘सामान्य बिषयमा विवाद भयो, फेरि कुरा मिलिसकेपछि उनीहरुले धरानकै भाईहरु बोलाएछन्, त्यसपछि मेनेजरले एक्कासी मलाई आ'क्र'म'ण गर्यो । प्रहरीमा उजुरी दिएको छुँ । लिखितरुपमा मा'फी मा'ग्नुप'र्छ नत्र का'नु'नी रुपमा अघि बढ्छु ।

पल शाहको फिल्म प्रदेशमा प्रतिबन्ध लगाउछौ’ं, प्रधानले भने ।प्रधानका अनुसार नायक शाहको कृष्णप्रसाद जोशीले आफुलाई एक्कासी आ'क्र'मण गरेको सिसिटिभी फुटेज प्र'मा'ण'को रु'प'मा प्र'ह'री'ले लगेको पनि बताए । उक्त फुटेज हेरेर नै को दोषी हो भन्ने प्रष्ट हुने पनि प्रधानले जानकारी दिए । घ'ट'ना'को भो'ली'पल्ट बिहिबार प्रधानले अभिनेता शाह र उनको मेनेजर जोशीविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका थिए । शाहको सुटिङ आज सकिने र दिउँसो ४ बजे छलफल हुने प्रहरीले जनाएको छ ।

‘उहाँहरु ४ बजे छलफलमा आउने भन्नु भएको छ, सिसिटिभि फुटेज ल्याएका छौ, अनुसन्धानको क्रममा नै छ,’डिएसपी ज्ञानेन्द्र बस्नेतले भने । आफु चलचित्रकर्मी महासंघको प्रदेश अध्यक्ष भएको र प्रदेशमा चलचित्र नगरी बनाउने अभियानकर्मी पनि भएकोले शाह जस्तो कलाकार धरान आउदा खुशी भएर स्वागत गर्न पुगेको उनको भनाइ छ। ‘म चलचित्रकर्मी महासंघको प्रदेश अध्यक्ष हुँ । यो क्षेत्रलाई चलचित्र नगरी बनाउने अभियानमा छुँ ।

त्यसैले राम्रो कलाकार आफ्नो ठाउँमा आउदा खुशी भएर नै स्वागत गर्न र शनिबार हुने कार्यक्रमको निम्तो लिएर भेट्न गएको थिएँ,’प्रधानले भने ,‘ ममाथि पलले दुव्र्यवहार गर्छ, र मेनेजरले आक्रमण गर्छ भन्ने मैले सोचेको थिइँन ।’दुई दिनअघि (बुधबार) नायक शाह म्युजिक भिडियोको सुटिङ गर्न धरान आएका थिए । सोही दिन साँझ उनलाई स्वागत गर्न र शनिबार हुने चलचित्र क्षेत्र सम्बन्धी अन्र्तक्रियामा अतिथिकोरुपमा निमन्त्रणा गर्न प्रधान ज्वाँई खाना घरमा पुगेका थिए ।

सोही बेला नायक शाहसँग असझदारी भएर विवाद बढ्दै जाँदा प्रधानमाथि मेनेजर जोशीले आक्रमण गरेका थिए । उक्त घ'ट'नाको सिसिटिभी फुजेट प्रहरीले लगिसकेको छ । फुटेजमा पनि बसिरहेका प्रधानलाई जोशी आएर मुक्का हानेको देखिन्छ । सिसिटिभी फुजेट सञ्चारकर्मीलाई दिन मानेको छैन ।

‘सिसिटिभी फुटेजमा प्र.ष्ट छ, मलाई पल शाहको मेनेजरले आएर आ'क्र'मण गरेको । त्यसैले प्र'ह'रीमा निवेदन दिएको छुँ, लिखितरुपमा मा'फी नमा'गे कानुनी कारबाही अघि बढ्छ, हामी प्रदेश १ भरी भविष्यमा पल शाहको फिल्म ब्यण्ड गछौं,’प्रधानले चेतावनी शैलीमा भने,‘उनीहरुले बोलाएको युवाहरु हामीले चिनेको थियो र केही भएन, नत्र त्यहाँ ठुलो मारामार नै पथ्र्यो ।’

हेर्नुहोस् भिडियो:

SOURCE; NAGARIKNEWS.NAGARIKANETWORK