मेरो छोरिलाई बचाइदिनु होला ,कठै गरिब भएपछि अस्पतालले पनि उपचार दिदैन रैछ (भिडियो हेर्नुस्)

भिडियो

खोटाङकि मिना बिक जस्ले कोठबाट दुई बर्षको अन्तरालमा तीन सन्तानको जन्म भयो ।तर बिडम्बना पहिलो सन्तानले यो संसारबाट बिदा लिसकेका छन् ।दोस्रो पटक दुई जम्लिया सन्तान भए तर एकदमै अस्वाभाविक रुप अन्तर्गत टाउकोले भयङ्कर ठूलो आकार लिदै गर्दा दुई जुम्लिया मध्य एकले यो संसार छाडेसगै अर्को एकजना पनि निकै पिडादायिक जीवन बिताउन बिबस छन् ।

पैसा भएमात्रै उपचार सम्भव छ हस्पिटलले यस्तो प्रतिक्रिया जनाएपछि परिवार हार गुहार गर्दै गरेको र खर्च जुटाउन अवरत खटिरहेको छ ।परिवारको आर्थिक स्थिति एकदमै नाजुक भएको हुदा उपचार गर्न नसकेको बताउनुहुन्छ ।

मात्रै ४ महिनाको उमेरमै यी नानिको यस्तो जिण अवस्था भइरहदा त्यो बिवस परिवार को दुख हामी सोझै आकलन गर्न सक्छौ ।आफ्नो छोरिलाइ बचाउन चाहान्छु छोरिलाई केही बनाउन चाहान्छु सबै नेपालिहरुले सहयोग गर्दिए मेरो छोरी बाच्ने थिइ भन्दै आमा बिरक्तिनुहुन्छ ।थप जानकारीका लागि हेर्नुस् भिडियो सामाग्री

हृदयघातका कारण वर्षेनी धेरैले ज्यान गुमाउने क्रम बढ्दो छ। यसका केही संकेत हुने गर्दछन्। जुन संकेतलाई हामीले व्यवास्था गर्यौँ भने हाम्रो ज्यानै जान सक्छ। आज हामी त्यस्ता संकेतका बारेमा जानकारी दिदैछौँ :

(यस्ता छन् हृदयघातका पूर्व संकेत)

खुट्टा सुनिनुः मुटुमा समस्या हुनासाथ शरीरमा रक्त सञ्चार सहजरुपमा हुन सक्दैन । यसका कारण खुट्टा सुनिने समस्या देखिन सक्छ । यस्तो भयो भने व्यवास्था नगर्नुहोस् हृदयघातको खतरा हुन सक्छ।

यो पनि पढ्नु होस:-नेपालमा पाइने तर नेपालीले राम्रोसंग नचिनेको यो अमुल्य औषधि, जस्ले महिनावारी गडबडी, क्यान्सर र अन्य यस्ता ठुला रोग निको पार्छ !

नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औ षधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ । नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग धेरै भएको मुलुक हो । त्यसपछि वन, कान्लाहरु धेरै छन् । यि क्षेत्रमै धेरै औ षधीय गुण भएका बोटविरुवा, झारपात भेटिन्छ् । यी मध्येको एक हो बहुवर्षीय लहरायुक्त वनस्पति हो ।

यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औ षधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौ’न दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ । कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले से वन गरेमा वी’र्य बढ्छ । कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ ।

उनीहरूमा यौ’न दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ । कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।

कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ । कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।

कुरिलो : पाँच हजार बर्ष पुरानो औषधि

विश्वभर कुरिलोका ३०० प्रजाति पाइन्छन । तरकारीको रुपमा कुरिलोको व्यावसायिक खेती बढिरहेको छ । अमेरिकामा धेरै कुरिलो उत्पादन हुन्छ भने जापानले कुरिलो धेरै आयात गर्छ । भारत र नेपालमा पाँच हजार वर्ष अघिदेखि आयुर्वेदिक टोनिकमा यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्तिहरुका लागि यो लाभदायि हुन्छ ।

कुरिलोको कन्द (जरा) को धुलो विभिन्न खाद्य पदार्थ तथा पेयमा मिलाएर खाने चलन छ । आयुर्वेदिक तथा आधुनिक चिकित्सा पद्धतीमा यसको प्रयोग दिनदिनै बढीरहेको छ । गाईवस्तुको दुध वढाउन पनि यसको प्रयोग गरिन्छ । नेपालमा कुरिलोको जरा परम्परागत रुपमै धेरै रोगको औषधिका रुपमा र शक्ति दिने खाद्यका रुपमा खाने गरिएको छ ।

नेपालमा अहिलेसम्म पाईएका ८ प्रजातिका कुरिलो मध्ये पश्चिम नेपालमा पाइने प्रजातिको खेति बढी गरिन्छ ।

नेपालमा समुद्र सतहबाट एक सय ५० मिटर देखि दुई हजार एक सय मिटर सम्म कुरिलो पाईन्छ । सर्लाही, मकवानपुर, दाङ्ग, नेपालगञ्ज, बर्दिया, कैलाली, सल्यान र रुकुममा कुरिलोको खेती नै गरिएको छ ।

कुरिलोको बिउ कार्तिक अन्तिम देखि माघसम्म पाक्छ । बीउ रातो भएर पाकेपछि टिपीहाल्नुपर्छ । चिल्लो, उज्यालो, चम्किलो कालो बिउको उमारशक्ति बढी हुन्छ । यस्तो बीऊ टिपेको २ बर्षसम्म उम्रन्छ । कुरिलो लगाएको दोस्रो वर्षदेखि बीउ फल्न थाल्छ ।

माघ देखि बैशाखसम्म ३ भाग जंगलको मलिलो माटो, १ भाग वालुवा र १ भाग पाकेको गोबर मिलाएर २४ घण्टासम्म चिसोपानीमा भिजाएको बिउ नर्सरीमा रोप्नुपर्छ । पराल वा घाँसले छोपेमा चिस्यान रहने र झार कम आउने हुन्छ ।

तराइमा २ देखि ३ हप्ता पछि र पहाडमा ४ देखि ५ हप्ता पछि बिउ टुसाउन थाल्छ । विरुवा १५ देखि २० सेन्टीमीटरको भएपछि असार साउनमा तयारी जग्गामा सार्नुपर्छ । नर्सरीमा एक बर्ष भएको विरुवा रोप्दा राम्रो हुन्छ ।

टुसा सहितको जरालाई नर्सरीमा सारेर वा सिधै रोप्न पनि सकिन्छ । तर यसो गर्दा भन्दा बिउबाट रोपेको कुरिलो स्वस्थ र गुणस्तरको हुन्छ ।

घाम लाग्ने र गोबर मल हालेको ठाउँमा यो राम्रो हुन्छ । एक हेक्टर जग्गामा ५ टन जति मल हाल्नुपर्छ । साउनमा बिरुवा रोप्दा कम पानी भए पनि सर्छ । एक हेक्टरमा २० हजार देखि २७ हजार सम्म विरुवा रोप्न सकिन्छ ।