आइतबार , अषोज १०, २०७८

एमाले छाडेर माधब नेपालको नयाँ पार्टीमा लाग्ने बादल र लेखराजको तयारी !

भाद्र २, २०७८ बुधबार 266

काठमाडौं । नेकपा एमालेमा लागेका पूर्व माओवादी नेतामध्ये केही वरिष्ठ नेता माधवकुमार नेपालले गठन गर्ने नयाँ पार्टीमा आउन खोजेका छन् । वृहत वाम एकतामा समेटिने शर्तमा उनीहरूले नेता नेपाललाईसहयोग गर्न तयार रहेको स्रोतको दाबी छ ।

बादल निकट स्रोत लेज्योतिन्यूजलाई भन्यो – ‘उहाँ(बादल)को कमरेड माधवसँग निरन्तर छलफल भइरहेको छ । वृहत वाम एकता हुने शर्तमा उहाँहरूले केपी ओलीको पार्टी त्याग्ने सम्भावना पनि रहेको छ । ओली स्वेच्छाचारी र एकलौटी रहेको उहाँहरूले पहिल्यै निष्कर्ष निकाल्नुभएको थियो ।’

रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापा र गौरीशंकर चौधरीले नेपालले खोल्ने नयाँ दलमा आउन इच्छा देखाएको नेपालनिकट स्रोतले पनि पुष्टि गरेको छ ।

‘ओलीको नेतृत्वमा समाजवादी क्रान्ति हुन नसक्ने पूर्व माओवादी नेताहरूको ठहर रहेछ,’ नेपालनिकट स्रोतले भन्यो, ‘सहयोग गर्ने वचन त दिनुभएको छ, तर अहिलेसम्म निष्कर्षमा पुगिसकिएको छैन ।’

बादल र भट्ट लगायतका नेताहरू एमालेमा एक्लिने परिस्थिति सिर्जना भएपछि उनीहरूले प्रचण्डनिकट नेताहरूसँग संवाद अघि बढाएका थिए ।

केही दिनअघि माओवादी नेता देव गुरुङलेपूर्व माओवादी नेताहरू माओवादी केन्द्रमै फर्किने आफ्नो विश्वास रहेको ज्योतिन्यूजसँगको कुराकानीमा बताएका थिए ।

तर नेता नेपालको नेतृत्वमा नयाँ दल बन्ने र उक्त दलसँग माओवादी केन्द्र मिलेर वृहत समाजवादी केन्द्र बन्ने सम्भावना देखिएपछि ती नेताहरूले सिधै माओवादी केन्द्रमा आउनु भन्दा पनि माधव नेपाल समूहसँग सहकार्य गरेर एकतामा आउन सजिलो रहेको निष्कर्ष निकालेका छन् ।

ओली अब राजनीतिक परिदृश्यबाट बिस्तारै छायाँमा जाँदै गरेको उनीहरूको निष्कर्ष छ ।

‘ओली नेता त हो, तरउहाँ एक्लैले सबै गर्छु भन्दै हिंड्नुभएको छ,’ पूर्वमाओवादी नेताहरूमध्ये एकले भने, ‘समाजवाद एक्लैको इफोर्टमा आउँदैन। त्यसैले ओली पनि एकतामा नआईसुखै छैन । हामी पनि एकतामा आउँछौं र उहाँलाई पनि ल्याउँछौं।’

एमाले विभाजन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालकै सल्लाहमा आज दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका छन् ।

केन्द्रीय समिति या संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर नयाँ दल गठन गर्न सक्ने गरी सरकारले अध्यादेश ल्याएपछि एमालेका नेपाल समूह र जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूहलाई राहत मिलेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित हुन बाँकी छ । यदि अध्यादेश प्रमाणित भएमा एमाले विभाजन निश्चित देखिन्छ ।

नेता नेपाललेनयाँ पार्टी दर्ता गर्ने घोषणा गरिसकेका छन् भने ओली समूहका नेताहरूले अध्यादेशको विरोध गरेका छन् ।

अध्यादेशमार्फत एमाले विभाजन गरेर नेपाल समूहलाई सरकारमा सामेल गर्ने देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्लान पहिल्यैदेखिको हो । देउवालेएमाले विभाजनपछि मात्र मन्त्रिपरिषदबिस्तार गर्ने नीति लिएका छन् ।

एमालेबाट नेपाल समूह अलग भएपछि पूर्व माओवादी नेताहरूले पनि आफूलाई एक्लो महसुस गरिरहेका छन् । उनीहरूलेपहिल्यैदेखि वृहत कम्युनिस्ट एकता गर्नुपर्ने र आफूहरू नेकपाकै निरन्तरता रहेको बताउँदै आइरहेका थिए ।

प्रतिकृया दिनुहोस्