ओली गुटको ज्या’नमा’रालाई ‘असल चरित्र’ देखाएको भन्दै राष्ट्रपतिबाट माफी, परिवारले पुनः मुद्दा ल’ड्ने

समाचार

काठमाडौं

‘मेरो श्रीमानको ज्यान लिने लाइ के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै ज्या न गएका चितवनका शिवप्रसाद पौडेलकाअ पराधीरालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।

‘मान्छे मा रेर जेल परेका र फेरी जेल भित्रै अर्को व्यक्तिलाई कु टीकु टी मा र्ने अपराधीलाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू?’ बिनुले प्रश्न गरिन्। राज्यको संरक्षणमा राखीएका पौडेलका अपराधी सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायकालागि फेरि ल ड्ने बताएकी छन्।

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन। चितवनको केराबारीमा भएको एक व्यक्ति ज्या न लिएको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए। थुनछेक बहसकालागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला च क्कु, खन्ति, चापाकलको झाप,र ड प्रयोग गरी निर्मम तरिकाले कु टपि ट गरियो। पौडेललाई पुष २ गते मृत घोषणा गरियो।

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धा री लो ह तिया र प्र योग गरी ह त्या भएको थियो। सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए। उनीहरुले नै शिवको पनि जेलभित्रै ह .त्या ग’रिदिए। पौडेल दाजु भाइको घटनामा संलग्न श्रेष्ठ,केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो।

तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन्। श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन्। आजको नागरिक दैनिकमा समाचार छ ।

त्यस्तै जेलभित्रै ज्यान लिने अ”प:रा;धीहरूलाई आ:म:मा:फी दिएको भन्दै तरुण दलले वि;रोध गरेको छ । ग म्भीर अ परा:ध गर्ने अ परा:धीहरूलाई सरकारले अवाञ्छित क्रियाकलापलाई प्रोत्साहन गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विरोध गरेकाे हो ।

विज्ञप्तिमार्फत् जेलभित्रै ह ‘त्या जस्तो अक्षम्य र ग’म्भीर अ’पराध गर्ने अ’पराधीहरूलाई सरकार र राष्ट्रपतिजस्तो संस्थाले आम माफी दिनु भनेको देशमा यस्ता घटनाको दानवीय प्रवृत्तिको ढाकछोप गर्ने र अवाञ्छित कृयाकलापलाई प्रोत्साहित गर्ने ह र्कत भएको तरूण दलको ठहर छ ।

सरकारले प्रजातन्त्र दिवसको बहाना बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका तीनजना अपराधीलाई काराबास सजाय छुट दिएको भन्दै विज्ञप्तिमार्फत् विरोध जनाएको हो । प्रजातन्त्र दिवसको अवसरमा नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको जेल सजाय सरकारले मिनाहा गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खि ल्ली उडाउँदै नेकपा ओली गुटको सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरी आममाफी दिइएकोप्रति नेपाल तरुण दल केन्द्रीय समिति आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ ।’ माफी पाएका तीनैजना प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।