राजेन्द्र खड्गीले गरे फेरि अर्को खुलासा मह जोडि पनि छुटेका थिए मैले यसरी मिलाको हो (भिडियो हेर्नुस्)

भिडियो

काठमाडौ । द्धन्द्ध निर्देशक राजेन्द्र खड्कीले फेरी वरिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबीचको सम्बन्धका बारेमा पनि खुलासा गरेका छन् । उनी प्रष्ट वक्ता हुन् ।

त्यसैले उनले धेरै कलाकारका बारेमा खुलासा गरिदिन्छन् । उनले केही समय अघि दिवंगत नायक श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको बारेमा केही नयाँ कुरा सार्वजनिक गरिदिएका थिए । उनी पुराना कलाकार भएका कारण पनि उनीसंग काम नगरेका कलाकार सायदै कम हुन्छन् ।

त्यसकारण उनको संगत सबै कलाकारसंग छ । उनीहरुको धेरै भित्रि कुरा पनि राजेन्द्र खड्कीलाई थाहा हुन्छ । उनी कुनै पनि कुराको प्रभाव मतलब नगरी सबै कुरा सार्वजनिक गरिदिन्छन् । उनले श्रीकृष्ण श्रेष्ठसंगको पहिलो भेटका बारेमा पनि खुलाएका छन् ।

उनले तँ त साह्रै नै विग्रिस बद्री भन्ने फिल्म पछि उनीहरुबीच सम्बन्ध विग्रिएको बताए । उनले मह भन्ने शब्द नै ह भन्ने शब्द मात्र राखेर अगाडी बढ्न हरिवंश आचार्य अघि बढ्न खोजेको बताए ।

उनले एउटा वेडमै दुईजनालाई संगै सु ता एर उनीहरुलाई अलग हुने नदिएको बताए । उनले दुई जनालाई संगै राखेर २०५८ सालमा संगै राखेर निकै ह प्का एको बताए । त्यो दिन दुई जना नमिलेको भए म गो द् दिन्थे । उनीहरु दुईजनालाई हेटौडा लिएर गएर संगै राखेर सम्झाएको, ह प्का एको बताए । उनले अब भने उनीहरुको जोडी अलग हुनै नसक्ने बताएका छन् ।

अब त सबैको नायक भइसके । उनले त्यती बेला नमिलेको भए अहिले पनि जोडीको रुपमा देख्न नपाउने बताए । दुई जनाको सम्बन्ध विग्रन थालेपछि मदनकृष्णले निकै भावुक गीत समेत लेखेको बताएका छन् । त्यो गीत यस्तो मार्मीक थियो की, उनले मनमा लिएका थिए ।

यो पनि पद्नुहोस;-२ फागुनमा करुणा विश्वकर्मा धापासी हाइटस्थित कोठाबाट बाहिर निस्किएकी मात्र के थिइन्, उनले आफू बसेको घरबाट तीन घर पर फ्ल्याट सरिरहेका मान्छे देखिन् । बालबालिका स्कुल गइरहेका थिए । मान्छेहरू अफिस निस्किरहेका थिए ।

तर, करुणाको ध्यान फ्ल्याट सरिरहेको घर र मान्छेतिरै खिचियो । किनभने उनलाई फ्ल्याट चाहिएको थियो ।

फ्ल्याट सरिरहेका मान्छे सम्मुख पुगेर उनले सोधिन्, ‘फ्ल्याट खाली भएको हो ?’ घरको गेटमै पुगेकी करुणाले बाहिर निस्किँदै गरेका अधबैँसे महिला र पुरुषलाई सोधेकी थिइन् । उनीहरूले करुणालाई ‘अँ खाली भएको हो, हेर्नू न’ भने । उनीहरू घरबेटीका आफन्त रहेछन् ।

उनीहरूले घरबेटी पनि बोलाइदिए । फ्ल्याट हेरिन् । सेवासुविधा उनलाई राम्रै लाग्यो । भाडा भने महिनाको सोह्र हजार, पाँच सय रुपैयाँ पानी र फोहोरको, बिजुलीको बिल आफैँले तिर्नुपर्ने । त्यसपछि करुणा ‘बहिनीलाई सोध्छु, अनि तपाईंहरूलाई खबर गर्छु’ भनेर निस्किइन् । घरबेटीको नम्बर लिइन् ।

उनले बहिनीलाई भनिन्, ‘घर ठीकै छ, तर अलि महँगो छ ।’ एयरपोर्टमा जागिर गर्ने करुणाको बहिनीले ‘महँगै भए पनि हेरौँ न’ भनेपछि दुवै गए । बहिनीले कुरा मिलाइन्, १५ हजार रुपैयाँमा पक्का भयो । पछि कोठामा आएर फेरि करुणाले फोन गरिन् घरबेटीलाई, १५ हजारमै फोहोर र पानीको मिलाइदिनु भनिन् । घरबेटीले भने, ‘स्थायी तरिकाले बस्न आउनुहुन्छ भने आउनुस् न त ।’

भोलिपल्ट करुणा र उनकी बहिनी घरबेटीलाई भेट्न गए । घरको गेटमा ‘फ्ल्याट खाली छ’ भनेर पम्प्लेट राखिएको थियो । फोन नम्बर पनि थियो । घरको छतबाटै ३५/३६ वर्षीया घरबेटी महिलाले भनिन्, ‘सबै पक्का भयो । त्यो पम्प्लेट च्यातिदिनुस् । धेरै मान्छे आएर दुःख दिए ।’ करुणाले च्यातिदिइन् । ‘बहिनी अफिसबाट आएपछि एड्भान्स दिन्छु,’ भनिन् ।

तर, साँझमा बहिनी अफिसबाट आउन ढिला गरिन् । भोलिपल्ट बिहानै करुणाकी बहिनी कालीमाटी गइन् तरकारी किन्न । उनीहरूको धापासीमा तरकारी पसल पनि छ । बजारबाट फर्केपछि अफिस लागिन् । करुणा एक्लै गइन् एड्भान्स दिन । गएर घरको घन्टी बजाइन् । घरबेटी महिला झरिन् ।

एक हजार रुपैयाँ दिइन् करुणाले । घरबेटीले खल्तीमा हालिन् र सोधिन्, ‘कहिले सर्नुहुन्छ ?’ ‘केही दिनमा सर्छौं होला । सामान अलि धेरै छ ।’ यसपछि करुणा घरबाट निस्कन लागेकी थिइन् । बिएएलएलबी दोस्रो वर्षको परीक्षा ३ फागुनमा थियो उनको ।

अचानक घरबेटीले सोधिन्, ‘बहिनीहरूको थर के हो ?’ ‘विश्वकर्मा ।’ करुणा सुनाउँछिन्, ‘त्यो सुन्नासाथ उहाँको अनुहारै अर्को भयो । थाहा नपाएजस्तो गर्नुभयो । र सोध्नुभयो, ‘विश्वकर्मा भनेको…’ । मैले ‘विश्वकर्मा भनेको थाहा पाउनुभएन र ?’ भनेर सोधेँ । उहाँले ‘अँ, विश्वकर्मा भनेको…’ भनेर गम खानुभयो । मैले ‘विश्वकर्मा भनेको दलितभित्रको एउटा थर हो’ भनेँ । उनले ‘ए होर ?’ भन्नुभयो । अनि ‘त्यसो भए त….’ भन्नुभयो ।

त्यहीवेला उहाँको श्रीमान् तरकारी लिएर आइपुग्नु भयो । ती महिलाले भनिन्, ‘बहिनीहरूको जात त विश्वकर्मा रे । के गर्ने ? भाडामा दिने हो ?’ म महिलाको आमनेसामने थिएँ । श्रीमान्सँग आँखाको इसाराले बोलिन् । श्रीमान् भ¥याङ उक्लिए । यसपछि श्रीमतीले भनिन्, ‘सरी बहिनी, तपाईंहरूलाई घरभाडा दिन सक्दिनँ । पैसा फिर्ता लिनुस् ।’

तर, करुणाले पैसा फिर्ता लिइनन् । बरु सोधिन्, ‘थरले घरभाडामा लगाउन तपाईंलाई असर गर्छ र ? सार्वजनिक रूपमा गेटमा सूचना टाँस्नुभएको छ । हाम्रो सहमति भएको पनि चार दिन भयो ।

भाडामा नदिने अन्य बहाना पनि त होला ?’ तर, घरबेटीसँग जवाफ थियो, ‘त्यस्तो होइन बहिनी, गाउँमा बुबाआमा पनि हुनुहुन्छ ।’

नयाँ पत्रिका