नारायणकाजीले धमलालाई ढंग नपुगेर थर्काए, श्वेता र धुर्मुस-सुन्तली जस्तो मागेर समाजसेवा पनि हुँदैन (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ

आन्दोलनरत नेकपाका नेता रामकुमारी झाँक्री राजनीतिकर्मी मात्र नभएर टिकटक प्रेमी पनि हुन् । उनका टिकटक अहिले सामाजिक सञ्जालमा निकै भाइरल छन्। उनको राजनीति उचाई पनि त्यतीकै भएको होइन ।

लोकतान्त्रिक आन्दोलनमा उनको योगदान छ । उनी विद्यार्थी राजनीतिको पनि उत्तिकै भूमिका छन् । उनी अखिल विद्यार्थीका नेता पनि हुन् । उनी अनेरास्ववियुको पूर्व अध्यक्ष पनि हुन् ।

उनले मागेर गर्ने समाजसेवालाई सेवा नमान्ने बताएकी छन्। मिलिनियरले गर्नुपर्ने काम मागेर गर्नेहरुले गर्न नहुने उनको भनाई छ । नेपालमा मिलेनियर विनोद चौधरीले

गर्नुपर्ने काम अरुसंग मागेर आफु समाजसेवी बन्न पाइदैन उनको भनाई छ । उनले समाजसेवाको परिभाषा बदल्नुपर्ने बताएकी छन् । उनले अरुसंग माग्ने, एम्बेस्सिमा गएर झोला थाप्ने अनि समाजसेवा गरेँ भन्न नमिल्ने बताइन्।

उनलाई धर्मसंकट सेग्मेन्टमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवमा, विप्लवलाई छानेकी छन् ।

उनले युवा पुस्ता र प्रधानमन्त्रीको कदमको पनि विरोध गरेका कारण विप्लवलाई छानेको बताइन् । तर उनको राजनीतिक विचारको भने आफु विरोधी रहेको भनाई छ ।

एक फरक प्रसंगमा आफुहरुले गरेको विरोध सभामा आफ्ना नेता नारायणकाजी श्रेष्ठले मञ्चवाटै पत्रकार ऋषी धमलालाई गाली गर्नु राम्रो नभएको बताएकी छन् । उनले धमलाले पनि मुल कार्यक्रमलाई नै प्रभाव पार्नेगरी

गतिविधि गर्न नहुने र नारायणकाजीले पनि त्यसरी पत्रकारलाई इंकित गरेर भाषण गर्दागर्दै हप्काउन नहुने बताएकी छन् । उनले भनिन्, त्यो ढंग नपुगेको हो, त्यसलाई फरक ढंगले हल गर्न सकिन्थ्यो ।

भिडियो हेर्नुस्

यो पनि पद्नुहोस:- पल शाहले काठमाडाैमा किन्न लागे करोडौको घर !

नायक पल शाहले घर किन्ने तयारीमा ललेका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् । एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको खुलाएका हुन् ।

उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् । यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमा लगायतले बधाइ दिएका छन् ।

पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् । कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो । उनी दैनिक जसो नयाँ नयाँ भिडियोमा देखिएका छन् । उनी प्रति भिडियो डेढ लाख लिने गरेको बताइन्छ ।

साथै उनी अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।