सपना रोका मगरलाई ध म्क्या उने विनयजंग बस्नेत प क्रा उ

समाचार

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत प क्रा उ परेका छन्।

बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट प क्रा उ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।

‘उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट प क्रा उ गरेका छौं,’ सिंहले भने, ‘परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।’

बस्ने तविरूद्ध आइतबार अभद्र व्यवहारको मु द्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो।

बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा त स्बिर देखा इदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न ग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।

बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्।

को हुन् सपना?

सपना रोका मगर म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्।

एघार कक्षा पढ्न बेनी बजार हिँड्दा उनको मन रोमाञ्चले भरिएको थियो, जसरी उनको झोला आमाले राखिदिएका चामल, घ्यू र लत्ताकपडाले भरी थियो।

उनै सपनालाई हामीले केहीअघि पशुपति आर्यघाटमा फरक अन्दाजमा भेटेका थियौं।

हामी पुग्दा उनी हातमा पञ्जा लगाइरहेकी थिइन्। छेउकै स्ट्रेचरमा एक युवतीको शव थियो। कामदारहरूले चितामा काठ राखुञ्जेल उनी छेउमा बसिन्। शव जलाउन तयार भएपछि सपना घाटबाट बागमती झरिन्। त्यसपछि दाहसंस्कारको विधि सुरू गरिन्। दागबत्ती दिइन्।

त्यो श व उनका कुनै आफन्तको थिएन। बेवारिसे थियो। उनले अहिलेसम्म यस्ता ३८ बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छन्।

घरबाट पढ्न हिँडेकी उनले कहाँ सोचेकी थिइन् र यसरी अपरिचितका श वमा दागबत्ती दिँदादिँदै जिन्दगीको अर्थ भेटाउँला भनेर!

२०७३ सालमा गाउँको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयबाट राम्रै ग्रेड ल्याएर एसइई पास गरेकी थिइन् सपनाले। पुल्पुलिएकी कान्छी छोरीलाई चाहिएका सबथोक आमाबाले पुर्‍याइदिन्थे। पढाइ राम्रो थियो, त्यसैले उनी सहर गएर पढ्न चाहन्थिन्।

घरबाट बेनी बजार टाढा थियो। तै पनि आमाबाले उनलाई एक्लै पठाए।

गाउँजस्तो थिएन बजार। उनी भने उस्तै फरासिली थिइन्। धेरै साथी बनाइन्। साथीहरूले उनलाई आफ्ना दु:ख देखाउँथे। उनी साथीहरूका दु:ख कम गर्ने कोशिस गर्थिन्।

‘साथीहरूले केही दु:ख परे मलाई भन्थे। म घरबाट दिएको पैसा पनि उनीहरूलाई दिन्थेँ,’ उनले भनिन्, ‘घरमा ढाँटेर साथीहरूलाई मद्दत गर्थें।’

तिनै साथीहरूको लहैलहैमा उनको जिन्दगी कलेज-घरको सिधा बाटो छाडेर अर्कै बाटो हिँड्न थाल्यो।

त्यो समयलाई उनले यसरी सम्झन्छिन्, ‘सहरको रंगीन दुनियाँमा म फसिसकेकी थिएँ। जोशमा होस गुमाएर हराएकी थिएँ। गलत के हो, सही के हो छुट्टयाउन गाह्रो हुने दुनियाँ थियो मेरो।’

यसैबीच उनको एक युवकसँग सम्बन्ध गाँसियो। त्यही सम्बन्धको फेरोमा उनका संघर्षका दिन सुरू भए।

कक्षा ११ को परीक्षा दिएपछि उनी पढाइ छाडेर तिनै युवकसँग भागेर बुटवल आइन्। आमाबासँग राम्ररी कुरा हुन पाएन। उनले आफ्ना कुरा बुझाउन सकिनन्, उनीहरूले पनि छोरीका कुरा बुझ्न सकेनन्। गाउँलेले नै कथा बुनेर सुनाउन थाले- तिम्री छोरी बिग्री।

बुटवल आएपछि ती युवकसँग उनको सम्बन्ध राम्रो हुन सकेन। त्यही रनाहामा बल्ल उनले पछि फर्केर हेरिन्। कहाँबाट गल्ती हुन सुरू भयो थाहा पाइन्।

उनी फर्केर म्याग्दी जान सक्दैनथिन्। पश्चातापले भारीले उनलाई थिचेको थियो। त्यो भारी टाउकाबाट निकालेर हलुङ्गो बनाइदिने आमाबाको अगाडि पर्ने आँट पनि उनमा थिएन। त्यसमाथि समाजले लगाउने लाञ्छना मुटुमा तीरझैं रोपिन्थ्यो। उनी दिनदिनै कमजोर हुँदै थिइन्। समाजबाट बहिष्कृत भएँ भन्ने पीडाले आत्तिएकी पनि थिइन्।

एकदिन ती युवकसँग उनी छुट्टिइन्। जाने ठाउँ नहुनेहरूको बास आखिर सडक नै हो, उनी पनि सडकमा पुगिन्।

‘ती दिनहरू धेरै कठिन थिए,’ उनले सम्झिइन्, ‘बाटोमा बस्ने बालबालिकाहरूसँगै बस्थेँ। त्यहाँ बसिरहँदा सडकमा हिँडिरहेका कोही मान्छे आएर बोलिदिओस् जस्तो लाग्थ्यो।’

उनको बास खुला सडकमा थियो, तर उनलाई आफ्ना लागि सम्पूर्ण बाटा बन्द भएजस्तो लाग्थ्यो।

एकदिन उनलाई मरिदिउँजस्तो लाग्यो। त्यो दिन आफ्नो मन बुझाउन उनलाई निकै सकस परेको थियो। अँध्यारो कथाजस्तो जिन्दगीको त्यो पाना पल्टाउन निकै हम्मे पर्‍यो। तर पल्टियो र जुट्यो हिम्मत।

सकडबाट उठेर उनी म्याग्दी फर्किइन्।

उनी आमाबाले अस्वीकार गर्छन् कि भनेर डराएकी थिइन्। तर आमाबाको मन न हो। उनले गाली मात्रै खाइन्।

घरमा बसेको केही समयमै उनलाई दिदी-दाइझैं विदेश जान मन लाग्यो। त्योभन्दा पहिले त रोकिएको आफ्नो पढाइ सकाउनु थियो। आमाबालाई मनाएर फेरि पोखरा आइन्। त्यहाँको ग्यालेक्सी कलेजबाट १२ कक्षा पास गरिन्।

जापानिज भाषा सिकेर उड्ने उनको विचार थियो। तर जिन्दगीले फेरि बाटो मोड्यो। उनी आमाको सल्लाह मानेर सात महिनाअघि काठमाडौं आइन्। नयाँ सहर, नयाँ सपना!

काठमाडौं आएको दुई महिनापछि सलिनाका बाबा विनयजंगसँग उनको भेट भयो। सलिनालाई उनले पोखरामै चिनेकी थिइन्। उनीहरूको पारिवारिक सम्बन्ध थियो। उनीसँगै सपनाले शव जलाउने काम सिकेकी थिइन्।