आइतबार , अषोज १०, २०७८

बल्ल आए माधब नेपाल लाईनमा, यस्तो घोषणा गरेपछि विरोधीहरुले खुलेरै गर्न थाले प्रशंसा !

भाद्र २, २०७८ बुधबार 498

“आजै केपी ओलीले एउटा काम के गर्नुभयो भने प्रकाश ज्वाला कमरेडलाई पार्टीबाट निकाल्नुभयो,” नेता नेपालले भने, “२०३ जनाको केन्द्रीय कमिटीबाट २६० जना बनाउनुभयो । माधव नेपाल, रामकुमारी झाँक्रीसहित १४ जनालाई पदमुक्त गर्नुभयो । पार्टीभित्र हामी गम्भीर अवस्थामा उभिएका छौँ ।”

उनले ओलीसँग एकताको अन्तिम प्रयास गर्छु भनेर घनश्याम भुसालले आग्रह गरेको र सोहीअनुसार वार्ताका लागि पठाउनुअघि नै ओलीले आफूहरुलाई कारवाही गरेको बताए ।

“त्यही बीचमा घनश्याम भुसाल आएर एकताको लागि अन्तिम प्रयास गर्छु भन्नुभयो । ओलीसँग अन्तिम छलफल गर्न भनेर मैले उहाँलाई पठाएँ । ओलीले आजसम्म गरेका सबै निर्णय फिर्ता लिने र पहिले दिएका सबै बचन पूरा गरेमा एकता गर्न सकिन्छ नि भनेर भुसालले सोध्नुभयो । मैले हुन्छ भनेँ । तर त्यसअघि नै कारवाही भइसकेछ,” उनले भने, “भन्न त केपी ओली भनिसक्नुभएको छ ।

माधव नेपाल लगायतको निम्ति ढोका बन्द भइसक्यो । उहाँले गद्धारको उपाधि दिनुभयो । देशद्रोही भन्नुभयो । आत्मालोचना गर्न तत्परता देखाउनुभएन ।”नेता नेपालले अब पार्टीलाई पुनर्गठन गर्ने बताए ।“ओलीले गल्ती स्वीकार गरेर आए जहिले पनि एकताको ढोका खुला हुनेछ नभए चुनावमा तालमेल पनि हुन सक्छ, तर सच्चिएर आउनुपर्‍यो,” उनले भने ।

प्रतिकृया दिनुहोस्