यो कस्तो न्याय? ब ला त्का र भयो भन्दै अदालत गएकी महिलालाई न्यायाधीसले भने, ‘तपाईले शरीर समर्पण गर्नु भयो, सिद्ध बाबाले स्वीकार गर्नु भयो’

समाचार

काठमाडौँ

नेपालको कानुन दैवले जानून् भन्ने चलन छ । अनैतिक कार्य गरेको भन्दै अदालत प्रवेश गरेको एक मामिलामा सुनसरी जिल्ला अदालतबाट यस्तै अनौठो फैसला भएको छ । यसमा भने महिलालाई नै दोषी देखाएर पीडितलाई सफाई दिईएको छ ।

सुनसरी चतरानिवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मु द्दामा यस्तो अनौठो फैसलाको पूणपाठ सार्वजनिक भएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै यस्तो कार्य भएकाले ब ला त्का र हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेका हुन् ।

गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको १० दिनमै गत २२ मंसिरमा जिल्ला अदालत, सुनसरीले हतारमा फैसला गरी उनलाई सफाइ दिएको थियो । फैसलामा कानुनी प्रक्रियासमेत मिचेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले असहमतिसमेत जनाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले पेसी सार्न माग गरेर निवेदन दिएकोमा त्यसलाई बेवास्ता गरी आरोपित पक्षको मात्र बयान सुनेर फैसला गरिएको थियो । अर्कोतर्फ उच्च अदालतको केही दिनपछि त्यससम्बन्धी पेसी तोकिएकोमा त्यसको टुंगो नलाग्दै कानुनी प्रक्रिया नै मिचेर फैसला भएपछि प्रश्न उठेको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध महिलाले गत मंसिरमै प्रधानन्यायाधीशको सचिवालयमा पुगेर गुनासो टिपाएकी छिन् । आफूलाई सुरुदेखि नै मु द्दा फिर्ता लिन दबाब आएको र प्रमाण हुँदाहुँदै सफाइको फैसला भएको उनले बताएकी छिन् ।

काठमाडौं बस्ने महिला पाथीभरा गएर फर्कने क्रममा गत वर्ष ३ कात्तिकमा चतरास्थित आश्रममा गएकी थिइन् । त्यही दिन बेलुका आफ्नो कोठामा बोलाएर ब ला त्का र गरेको महिलाको भनाइ छ ।

आफूले भोलिपल्टै उजुरी दिन खोजे पनि आफूलाई अनेक बहाना गरेर काठमाडौं पठाइएको ती महिलाको भनाइ छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि पढनुहोस; एजेन्सी । बलिउड नायीका रेखाको जिवन रहस्यले भरिएको छ । उनको नीजि जिवनको बारेमा चासो राख्नेहरु धेरै छन् । तर उनका बारेमा धेरै अनुत्तरित प्रश्नहरु छन् ।

रेखाले १९९० मा भारतका चर्चित व्यापारी मुकेश अग्रवालसँग बिवाह गरेको थिइन् । उनी त्यो समयका चर्चित हटलाईन गुप्र र निकिताशा बान्ड्रका मालिक थिए । तर उनीहरुको विवाह एक वर्ष पनि टिकेन ।

सम्बन्धमा खटपट भएको कुरा सार्वजनिक भएको थिएन मुकेशले बिहेको एक वर्ष पछि अर्थात १९९१ मा रेखाको सलको प्रयोग गरेर नै देहत्याग गरेका थिए । उनको मृत्युले बलिउडमा तरङ्ग नै मच्चायो तर उनको मृ त्युको रहस्य भने गुपचुप नै राखियो ।

अहिले सम्म पनि उनले यस्तो निर्णय किन गरे भन्ने खुलेको छ्रैन । तर यो घ ट ना पछि भने रेखाको ब्यवसायीक जिवनमा निकै ठूलो असर गरेको थियो ।

उनका अघि निकै धेरै चुनौती आए । धेरैले रेखालाई गलत सोचे । अनुपम खेरले त उनलाई निकै तल्लो स्तरको टिप्पणी गरेका थिए । मुकेशले देह त्याग अघि एउटा नोट लेखेका थिए तर त्यस्मा उनले कसैलाई पनि आरोप लगाएका थिएनन् ।

उनले आफ्नो साथी तथा मनोचिकित्सक मुकेश अग्रवाललाई आफ्नो २ सन्तानको ख्याल गर्न र सम्पत्ति सम्हाल्न आग्रह गरेका थिए ।तर उनले आफ्नो सम्पत्ती रेखालाई भने नदिनु भनेका थिए । आफ्ना सन्तान मात्र सम्पत्तीको हकदार भएको उनको भनाई थियो ।

रेखाको बारेमा किताब लेख्ने यासिर उस्मानका अनुशार मुकेशले नोटमा रेखालाई नराम्रो भनेका थिएनन्, उनले रेखालाई उनी आफै सक्षम छन् त्यसैले मेरो सम्पत्तीको उनलाई आवश्यकता छैन भनेर लेखेका थिए । मुकेशका नजिकका मित्र तथा पुलिस कमिस्नर नीरज कुमारले रेखाले मुकेशको सम्पत्तिमा कहिले पनि आखाँ नलगाएको र अंश नलिएको बताउँदै आएका छन् ।

रेखाले मुकेशसँग पैसाको लागि विवाह गरेको चर्चा गरिएको थियो । तर ति हल्लाहरुलाई रेखाले गलत सावित गरिदिएकी थिइन् । मुकेशको परिवारवाट रेखाले एक पैसा पनि लिएकी थिइनन् । आफुहरुसँग एक रुपैयाँ पनि नमागेको मुकेशका भाइले पनि पुष्टि गरेका छन् ।