सपनाका वकिल भन्छन्, विनयजंगलाई तत्काल पक्राउ गरेर का’रवाही गर्नुपर्छ, विनयजंग संग भएका अन्य युवतीलाई पनि उद्दार गरियोस् (भिडियो हेर्नुस्)

भिडियो

काठमाडौ

बीबीसीमा विश्वका शक्तिशाली १०० महिलाका सूचीमा परेकी सपना रोकामगरका विषयमा सामाजिक सञ्जालमा भइरहेको अनावश्यक टिकाटिप्पणीका बारेमा अब कानुनी प्रकृया सुरु हुने भएको छ ।

वेवारिसे शव ब्यवस्थापनका लागि सकृय विनयजंग वस्नेतले सपनाका विषयमा सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्दै खुलेआम चे’तावनी पनि दिएका छन् ।उनको विषयमा पूर्व प्रहरी एसएसपी तथा अधिवक्ता किवागं हागं राईले कानुनी रुपमा जानुपर्ने बताएका छन् ।

उनले सपना आफ्नो सम्पर्कमा रहेको र उनलाई संस्था दर्ता गर्ने काममा आफुले सहयोग समेत गरेको बताएका छन् ।उनले सपनाका बारेमा विनयजंग गरेको टिप्पणी अ प रा धिक भएको र उनलाई कानुनी कारवाही गर्नुपर्ने बताएका छन् ।

उनले जिवनको कुनै मोडमा वाटो विराएर सडकमा पुगेकाहरु जिवनको महत्व बुझेर सकारात्मक वाटोमा लागेर समाजसेवामा लागेकी किशोरीलाई यसरी सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्न नहुने बताए । सपनालाई विनयजंगले नै आफ्नो सम्पर्कमा आएपछि बीबीसीको शक्तिशाली १०० महिलाको लिष्टमा पार्ने अवसर दिएको भएपनि उनका पछिल्लो टिप्पणी आ प रा धिक भएको बताएका छन् ।

विनयजंगले युट्युवममा आफु विरुद्ध लाग्ने सबैलाई सि ध्या इ दिने चेतावनी दिएको र सपनाका अ’ श्लि’ ल तस्बिर र भिडियो आफुसंग भएको भन्दै धेरै रिस उठाए सार्वजनिक गरिदिने चेतावनी दिएका थिए । देखाइदिउँ ? भन्दै उनले बारम्बार भनेको भिडियोमा देखिन्छ ।

त्यही भिडियो देखाउँदै अधिवक्ता रहेका पूर्व प्रहरी एसएसपीले उनी आ प रा धिक मनस्थिति भएको ब्यक्ति भएको प्रमाणीत हुने बताए । उनले विनयजंगलाई तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्ने बताए ।

अन्तत सपना विनयजंग बस्नेत वि’रुद्ध उ जुरी दिन आइतवार पुगीन् काठमाडौ प्रहरी परिसर, विनयजंगसंग भएका अन्य युवती पनि खतरामा !

विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् । बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी हुन् ।

रोकाको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुजी जारी गर्ने तयारी गरेको छ ।

‘मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी० अशोक सिंहले पुष्टि गरेका छन् । उनले अब छिटै विनयजंगलाई पक्राउ गर्ने बताएका छन् ।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु(छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

विनयजंगले सपनाको नां गो तस्बिर आफ्नो मोवाइलमा भएको र त्यो सार्वजनिक गरिदिन्छु भन्दै खुलेआम चेतावनी दिएका थिए । आफुले छोरी मानेकी सपनाका त्यस्ता तस्बिर आफुसंग भएको भन्दै आफुविरुद्ध लाग्ने सबैलाई सि ध्या इ दिन्छु भनेपछि उनी विवादित भएका थिए ।

पूर्व प्रहरी एसएसपी तथा अधिवक्ता किवागं हागं राईले विनयजंग संग भएका अन्य युवतीहरु पनि खतरामा रहेकाले उनीहरुको पनि तत्काल उद्दार गर्नुपर्ने बताएका छन् ।

सपनालाई जस्तै परिवन्धमा पारेर विनयजंग युवतीहरुलाई राखेको हुनसक्ने भन्दै उनीहरुको उद्दार गर्नुपर्ने राईको भनाई छ । सपनालाई आफुले भनेको नमान्दा यसरी नियोजित रुपमा लाग्ने विनयजंग अन्य महिला र युवतीहरुलाई पनि परिबन्धमा पारेको हुनसक्ने उनको अनुमान छ ।

उनी सपनाका लागि संस्था दर्ताका लागि सहयोग गर्ने अधिवक्ता हुन् । सपना आफ्नो छुट्टै संस्था दर्ता गरेर वेवारिसे शव ब्यवस्थापनमा फेरी सकृय भएकी छन् ।