सभामुख सापकोटाले ३ सय ४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको तथ्य बाहिरियो

समाचार

काठमाडौं

सभामुख अग्नि सापकोटाले धरानको ३ सय ४८ विघा सरकारी जग्गा व्यक्तिको नाउँमा गराइएको तथ्य बाहिरीएको छ । सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको तथ्य बाहिरीएको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारिएको प्रमाणसहित खुलासा गर्नुहुने अधिवक्ता युवराज कोइरालाले त्यस्तै प्रकृतिको घटना घटाएको खुलासा गर्नुभएको हो ।

काठमाडौंमा आयोजिक एक कार्यक्रममा अधिवक्ता कोइरालाले सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएपनि अख्तियारले सापकोटामाथि मुद्दा चलाउन खुट्टा कमाइरहेको बताउनुभयो ।

कोइरालाले भन्नुभयो, ‘तत्कालीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । तर, मन्त्री सापकोटाले व्यक्तिको नाममा गर्नू भनेर तोक लगाउनुभयो ।

आज ती व्यक्तिले दुईतिरको जग्गा भोगचलन गरिरहेका छन् । उच्चस्तरीय समितिले सो निर्णय भ्रष्टाचार हो भनेर मुद्दा चलाउन सिफारिस गरेपनि अख्तियारले खुट्टा कमाइरहेको छ ।’

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले देशभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिन आयोजित हस्ताक्षर कार्यक्रममा कोइरालाले मन्त्रिपरिषदले निर्णय गरेरै उच्चस्तरीय समितिको सिफारिस अनुसार मुद्दा चलाउन पठाए पनि अख्तियारले फाइल नखोलेको बताउनुभयो ।

ललिता निवास, बालुवाटारलगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाइएको थियो । हस्ताक्षर अभियान शुक्रबार शान्तिबाटिकामा कोणसभा गरी समापन गरिएको छ ।

समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३ सय ४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्नेउपर कारबाहीको माग गरेको छ ।

त्यस्तै धोबीखोला बगेको साबिक नगर २५ (क) कित्ता नम्बर ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीउपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न माग गरेको छ । साभार चक्रपथ डटकम

यो पनि पढ्नुहोस्:- घरबाट निस्किन्दै गर्दा आमासँग अंगोलामा बेरिँदै यस्तो भनेकी रहिछन् भागीरथिले

घरको दैलोमा बस्दै बाटोतिर एको’होरो हेरी रहेकी यी आमा । जस्को ओँठमुख सबै सुकेका छन् । यिनलाई न दिनको भोक छ न त रातको निंद नै छ । छ त केवल आफ्नै जिन्दगीको सहनै नसक्ने पि’डा ।

यिनी हुन् स्कूलबाट अ’हिलेकी चर्चित दुख’द घटना’की पात्र भाग’रथीकी आमा । जस्को आखाँबाट बर्रर आँशु झरि रहेको छ तर पुच्छ्ने हेक्का भने छैन ।

पि’डामाथि पि’डा सहुन् पनि कसरी ? श्रीमानको मृत्यु भएको २ महिना पनि पुरा भएको थिएन । फेरी जवान र होन’हार छोरी गईन् अल्पआयुमै । यी एकल आ’माको काख र कोखबाट खोसिदिए पापीहरुले ।

सन्तानलाई सानो चो’ट मात्रै लाग्दा त त्यसको दुखाई आमाबुवालाई हुन्छ भने भागरथी त अकाल्मै यो संसार’बाटै आफ्नी आमाला’ई सदा’कालागी छाडेर गएकी छन् ।

छोरी अब यो सं’सारमा कहिल्यै नर्फ’कने गरी गएको खबरले यी आमाको मन दुखेको छ होला ? कति छ’टपटि’एको छ होला ? यो कुराको अनुभुति केवल उनैले मात्र गर्न सकेकी छन् । छोरी अझैं’पनि कतैबाट आमाभन्दै बो’लाउँदै आउँछे कि भन्ने उनला’ई कति लागेको हुँदो हो ।

तर अब त्यो कहाँ सम्भव छ र ? दैव पनि कति निष्ठुरी हुँदा रहेछन् भन्ने भनाई यतिबेला भागर’थीकी आमाको जीवन’मा लागु भई दिएको छ । बहीनी भागरथीलाई सम्झंदै रसाएका दाईका आखाँ’ले बहीनी गुमाउँदा उनको मनमा फु’टेको ज्वारभा’टालाई प्रष्ट देखाउँछ । बुवाको निधनपछि घरको जिम्मे’वारी उनीमाथी आई लागेको हुना’ले काम गर्न र आर्थिक कुरालाई माथि उठाउन उनी भारत गएका थिए ।

जब बहीनी भाग’रथीको बारेमा उनले थाहा पाए तब उनी भारतबाट घरमा आएका छन् । बहीनीलाई सम्झिं’दै उनी भन्छन्,‘म हिंड्ने बेला मैले बहीनीलाई भनेको थिएँ ।

बुवापनि हुनुहुन्न । मपनि इण्डिया कमाउन जाँदैछुु । आमाको र आफ्नो ख्या’ल राख्नु र रा’म्रोसंग पढ्नु ।’

बहीनी’संग भएको यही सम्बाद’लाई सम्झिंदै भक्का’निए भाथरथीका दाई । आमाको साहारा नै तिमी हौ भन्दै आमालाई बहीनी’को जिम्मा लागएका दाईले जब यो कुरा अर्काको देशमा काम गर्दै गर्दा थाहा पाए तब उनीमाथि के बिते’को थियो होला त्यो कसैले मह’सुस सम्म गर्न सक्दैन । भिडि योसहित