विचित्र सन्सार, १० लाख घुस खाएको आरोपमा पक्राउ परेकी सरकारी अधिकृतसँग अदालतमा न्यायाधीसको प्रेम भएपछि जेलबाट निकाले, अब बिहे गर्ने

समाचार

यो सन्सार

बिचित्रको छ । यस्तै अचम्मको एक समाचार भारतबाट आएको छ जहाँ १० लाख रुपैयाँ घूस लिएको आरोपमा जेलमा परेकी एक सरकारी अधिकृतसँग अदालतमा न्यायधीसको प्रेम भएको छ ।

सरकारी अधिकृत पिंकी मीनालाई जेलबाट छुटाएर ती न्यायाधीसले बिहे गर्ने भएका छन् । राजस्थान उच्च अदालतको जयपुर बेंचका न्यायाधीश इंद्रजीत सिंहले उनलाई १० दिनको सशर्त जमानत दिए ।

दौसामा राजमार्ग बनाउने कम्पनीबाट पैसा लिएको आरोपमा एसडीएम पिंकी २९ दिन जयपुरको घाटगेट जेलमा थिइन् ।एसडीएम मीणाले जनवरी २०२१ मा तल्लो अदालतमा जमानतको लागि आवेदन दिएपनि अदालतले जमानत लिन अस्वीकार गर्‍यो ।

सरकारी वकिलले अनुसन्धान प्रभावित भएको भन्दै जमानतको विरोध गरेका थिए । यद्यपि, अब पिन्कीको बिहेको केही दिन अगाडि हाईकोर्टबाट जमानत लिएकी छिन् ।

दैनिक भाष्करमा छापिएको समाचार अनुसार, पिंकी मीना जयपुर जिल्लाको चौमुनको चिठीवाडी गाउँकी हुन् । पिन्की मीनाका बुबा, किसान हुन् । उनले आरएएस परीक्षा पहिलो स्थानमा क्लीयर गरिसकेकी थिइन, तर २१ वर्ष नहुँदा उनी अन्तर्वार्ता दिन सकिनन् ।

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ।
यो पनि पढ्नुहोस्:-

कं`कालहरु चि`हानबाट निस्केर परिवर्तन रोक्न खोज्नेवि`रुद्ध धा`वा बोल्नेछन् : प्रचण्ड

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स`हिदको बलिदानी र लाखौँ जनताको प्रयासबाट प्राप्त भएको उपलब्धिलाई कुल्चने दुष्प्रयास भएको भन्दै आफूहरुलाई त्यो स्वीकार्य नहुने बताएका छन्।

ज`नयुद्ध दिवसका अवसरमा शनिबार बिहान पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि घा`त गर्नेलाई जनताले त्यसै नछाड्ने चे`तावनी समेत दिए।

अध्यक्ष प्रचण्डले सात दशक लामो संघर्ष र हजारौँको ब`लिदानबाट प्राप्त उपलब्धि ख`तरामा रहेको भन्दै फेरि एकपटक बलिदानका लागि तयार रहन संकल्प गर्नुपर्ने समय आएको बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले हजारौँ स`हिदको ब`लिदानबाट बनेको संविधान र गणतन्त्रलाई किच्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए।

‘केपी ओलीहरुले हजारौँ स`हिदहरुले बगाएको रग`तबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी ठूलो भ्रममा छन्।

यो भ्रमबाट छिट्टै मु`क्त हुँदा राम्रो हुन्छ भन्ने सुझाब दिन चाहान्छु’, उनले भने, ‘नत्र भने हजारौ कं`कालहरु चि`हानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोज्नेकावि`रुद्ध धा`वा बोल्नेछन्।