कं`कालहरु चि`हानबाट निस्केर परिवर्तन रोक्न खोज्नेवि`रुद्ध धा`वा बोल्नेछन् : प्रचण्ड

समाचार

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स`हिदको बलिदानी र लाखौँ जनताको प्रयासबाट प्राप्त भएको उपलब्धिलाई कुल्चने दुष्प्रयास भएको भन्दै आफूहरुलाई त्यो स्वीकार्य नहुने बताएका छन्।

ज`नयुद्ध दिवसका अवसरमा शनिबार बिहान पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि घा`त गर्नेलाई जनताले त्यसै नछाड्ने चे`तावनी समेत दिए।

अध्यक्ष प्रचण्डले सात दशक लामो संघर्ष र हजारौँको ब`लिदानबाट प्राप्त उपलब्धि ख`तरामा रहेको भन्दै फेरि एकपटक बलिदानका लागि तयार रहन संकल्प गर्नुपर्ने समय आएको बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले हजारौँ स`हिदको ब`लिदानबाट बनेको संविधान र गणतन्त्रलाई किच्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए।

‘केपी ओलीहरुले हजारौँ स`हिदहरुले बगाएको रग`तबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी ठूलो भ्रममा छन्।

यो भ्रमबाट छिट्टै मु`क्त हुँदा राम्रो हुन्छ भन्ने सुझाब दिन चाहान्छु’, उनले भने, ‘नत्र भने हजारौ कं`कालहरु चि`हानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोज्नेकावि`रुद्ध धा`वा बोल्नेछन्।

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ।
यो पनि पढ्नुहोस्:-

रामकुमारी झाँक्री नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाकी सांसद हुन् । उनी राजनीतिमा लागेको त्यति धेरै समय भएको छैन ।

उनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष समेत भैसकेकी छन्।

उनको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो। ४३ बर्षको उमेरमा उनीसँग अहिले राजकाजको पदपनि छ ।

पैसापनि त्यति नै कमिएको छ । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन्। उनी त्यतिबेला शाखा अधिकृत मात्र थिए ।

अहिले भौतिक तथा पूर्वाधार मन्त्रालयमा उपसचिव छन् । पति पशुपतिलाई कमाउ अड्डामा राखेकी छिन् । विवाह अघि उनी धेरै जसो समय बुद्धनगरमा भाडामा बसिन् ।

सामान्य परिवारबाट राजनीतिमा आएकी उनी र उनका श्रीमानको अहिले राजधानी काठमाडौको मुटु शंखमुलमा पाँच तले घर छ ।

उनीहरुको घर हेर्न टोपी फुकाल्नुपर्छ । नत्र ढल्नेछ । कति आलिशान छ । हिजो पक्राउ गर्न प्रहरी पुग्दा गेटले छेकेको देख्नुभएको नै होला ।

ठूलो कम्पाउण्डभित्र गगनचुम्बी भवन यति छिटो कसरी ? सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाउन थालेका छन् ।