राजनीति गर्ने रामकुमारी झाँक्रीको छोटो समयमा ठूलो कम्पाउण्डभित्र गगनचुम्बी भवन कसरी ?

समाचार

काठमाडौ

रामकुमारी झाँक्री नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाकी सांसद हुन् । उनी राजनीतिमा लागेको त्यति धेरै समय भएको छैन ।

उनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष समेत भैसकेकी छन्।

उनको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो। ४३ बर्षको उमेरमा उनीसँग अहिले राजकाजको पदपनि छ ।

पैसापनि त्यति नै कमिएको छ । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन्। उनी त्यतिबेला शाखा अधिकृत मात्र थिए ।

अहिले भौतिक तथा पूर्वाधार मन्त्रालयमा उपसचिव छन् । पति पशुपतिलाई कमाउ अड्डामा राखेकी छिन् । विवाह अघि उनी धेरै जसो समय बुद्धनगरमा भाडामा बसिन् ।

सामान्य परिवारबाट राजनीतिमा आएकी उनी र उनका श्रीमानको अहिले राजधानी काठमाडौको मुटु शंखमुलमा पाँच तले घर छ ।

उनीहरुको घर हेर्न टोपी फुकाल्नुपर्छ । नत्र ढल्नेछ । कति आलिशान छ । हिजो पक्राउ गर्न प्रहरी पुग्दा गेटले छेकेको देख्नुभएको नै होला ।

ठूलो कम्पाउण्डभित्र गगनचुम्बी भवन यति छिटो कसरी ? सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाउन थालेका छन् ।

यो पनि पढ्नुहोस्:-

निर्माण गरेको भनिएको माझी बस्तीको वास्तविकता यस्तो, माझीहरुको चि’त्कार, कि ऋण तिरिदेउ, नत्र घर फिर्ता लैजाउ

रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ ।

टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ । तर त्यहाँ भित्र पुगिसके पछिको अवस्था भन्दा हामीले कल्पना गरेभन्दा फरक छ ।

अभिनेत्री श्वेता खड्काको श्वेता श्री फोउण्डेशनको पहलमा निर्माण गरिएको भनिएको यो माझी बस्ती अहिले चर्चामा छ । श्वेताले केही दिन अघि एक स्टाटस लेखेर माझी बस्ती ऋणमा रहेको र सहयोग दिन्छु भनेर बाचा गरेकाहरुले नै नदिएको भनेपछि अहिले माझी बस्तीका बारेमा सोधीखोजी हुन थालेको छ ।

श्वेताले अहिले माझी वस्ती निर्माणवाट हात झिकेको पनि बताइएको छ । टाढावाट चिटिक्क देखिने माझी बस्तीमा बस्नेहरुको पी डा भने हामीले सोचे भन्दा बिल्कुल फरक रहेछ ।

श्वेताले निर्माण गरेको भनिएको बस्तीमा रहेका माझीहरुको बुझाई र भोगाई पनि फरक छ । उनीहरु आफैले बस्ती बनाएको र त्यसको जस भने अरुले लिएको बताउँछन् । दैनिक ज्याला गरेर खानुपर्नेहरुको टाउकोमा ऋणको किस्ता तिर्नुपर्ने बाध्यता छ भने अर्को तिर अत्यावश्यक सामान राख्न पनि नमिल्ने सानो ठाउँ रहेको गुनासो उनीहरुको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******