रत्नपार्कमा स्कूटर चढेका सर्वसाधारणलाई यस्तो गर्ने आन्दोलनकारीले हड्तालका आयोजक माधव नेपाललाई स्कूटीमै डुलाए

राजनीति

काठमाडौ । प्रचण्ड नेपाल समूहले घोषणा गरिएको आम हड्तालमा सडकमा हिडेका स्कुटरलाई पनि आन्दोलनकर्ताले निसाना बनाएका छन् । रत्नपार्कमा एक जना स्कुटर चालकलाई प्रहरीले जोगाएको छ ।

उनको स्कुटर तोड्न खोजेका आन्दोलनकारीलाई प्रहरीले रोकेर जोगाएका हुन् । नेपाल खबरका प्रविण कोइरालाले त्यसको तस्बिर खिचेका थिए ।

सडकमा निस्किएका मजदुर र ट्याक्सी चालकहरु समस्यामा परेका छन् । एका विहानै काठमाडौमै ट्याक्सी जलाइयो भने ठाउँ ठाँउमा यातायात ठप्प पार्न आन्दोलनकारी बसेका छन् ।

मोटरसाइकल र स्कूटर समेत चल्न नदिएका कारण अत्यावश्यक कामका लागि निस्कनु पर्ने सर्वसाधारण पनि प्रभावित भएका छन् ।

तर हड्तालका आयोजक नेकपा अध्यक्ष माधवकुमार नेपाल भने स्कुटीमै सरर हिड्का छन् । उनी आन्दोलनको अनुगमनका लागि स्कुटरमा निस्किएको तस्बिर र भिडियो सार्वजनिक भएको हो ।

नेपाल कोटेश्वरबाट स्कुटीमा चढेर हड्तालको निरीक्षण गर्न निस्किएको बताइएको छ ।

आज संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै प्रचण्ड(नेपाल समूहले आम हड्ताल गरेको छ।

सर्वसाधारणलाई यातायात संचालन गर्न दिइएको छैन । तर आन्दोलन अनुगमनका लागि भन्दै नेताहहरु नै यसरी स्कुटरमा सरर हिडेको देखिएको हो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड(नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो।

तस्बिर नागरिक न्युजवाट