रोचक

यी ३ राशी भएका श्रीमतीहरुले श्रीमानको जस्तो सुकै दुखमा पनि दिन्छन् साथ , कुन कुन राशी हुन् ?

काठमाडौँ । श्रीमान र श्रीमती भनेको एक रथका दुई पाग्रा जस्तै हुन् । किनभने एक अर्काको साथ विना जीवन असफल हुन्छ । हामीले धेरै उदाहरणहरु पनि देखेका र सुनेका छौँ । विवाहपछि श्रीमान र श्रीमतीको सम्बन्ध बिग्रदा जीवन नै पुरै सखाप भयो भन्ने । ज्योतिषी शास्त्रका अनुसार राशीको मेल नहुदाँ पनि श्रीमान श्रीमतीमा झगडा हुन्छ । त्यसैले आज हामी श्रीमानको जस्तो सुकै दुखमा पनि साथ दिने राशीको बारेमा कुरा गदै छौँ । हेर्नुस् कुन कुन राशी हुन् ?

मेष राशी::यो राशी हुने महिलाहरु दिमागी हिसाबले एकदमै चलाख र क्षमतावान हुन्छ । जो घर ,परिवार र समाजमा सधै अघि हुन्छन् । त्यसैले यो राशी भएका श्रीमतीहरु जस्तोसुकै समस्या पनि समाधान गर्ने सक्ने भएकाले श्रीमानको दुखमा सधै हातेमालो गर्छन् ।

वृश्चिक राशी::यो राशी भएका महिलाहरु पनि सफा मनको भएकाले दुख र सुख जस्तोसकुै अवस्थामा पनि रमाउन सक्छन् । त्यस्तै आफ्नो श्रीमानलाई साथ दिने कुरामा पनि निकै अग्रसर नै हुन्छन् । त्यसैले परिवारदेखि समाजसम्म यी राशीका महिलालाई सबैले मन पराउँछन् ।

कन्या राशी :: कन्या राशी भएको महिलाहरु पनि सधै सकरात्मक सोच लिएर हिड्ने भएकाले एकदमै सरल स्वभावका हुन्छन् ।जसले गर्दा यो राशी भएका महिलाहरु श्रीमानको दुखलाई आफ्नो दुख मानेर सधै साथ दिन्छन् । यो राशीका महिलाहरु पनि सबैको नजरमा सहयोगी भावनाको कारण राम्रो हुन्छन् ।

Related Articles

Back to top button
Close