हड्तालका आयोजक माधव नेपाल स्कूटीमा,दाहाल गाडी चढेर सरर, कसका लागि हो हड्ताल ?

राजनीति समाचार

हड्तालका आयोजक माधव नेपाल स्कूटीमा,दाहाल गाडी चढेर सरर, कसका लागि हो हड्ताल ?

काठमाडौ । प्रचण्ड नेपाल समूहले घोषणा गरिएको आम हड्तालका कारण सर्वसाधारण घरमै बस्नु परेको छ । सडकमा निस्किएका मजदुर र ट्याक्सी चालकहरु समस्यामा परेका छन् ।

एका विहानै काठमाडौमै ट्याक्सी जलाइयो भने ठाउँ ठाँउमा यातायात ठप्प पार्न आन्दोलनकारी बसेका छन् ।

तर हड्तालका आयोजक नेकपा अध्यक्ष माधवकुमार नेपाल भने स्कुटीमै सरर हिड्का छन् । उनी आन्दोलनको अनुगमनका लागि स्कुटरमा निस्किएका हुन्। नेपाल कोटेश्वरबाट स्कुटीमा चढेर हड्तालको निरीक्षण गर्न निस्किएको बताइएको छ ।

आज संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै प्रचण्ड(नेपाल समूहले आम हड्ताल गरेको छ। सर्वसाधारणलाई यातायात संचालन गर्न दिइएको छैन । तर आन्दोलन अनुगमनका लागि भन्दै नेताहहरु नै यसरी स्कुटरमा सरर हिडेको देखिएको हो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड(नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो।

तस्बिर नागरिक न्युजवाट